MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने

काठमाडौं – नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण दिवसको अवसर पारेर ललितपुर देखि चन्द्रागिरि सम्म MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ ।

-याली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ । ललितपुरका कृष्ण मन्दिर लगायतका विभिन्न पुरातात्विक सम्पदा स्थलहरू र काठमाडौंका स्वयम्भू स्तुपा र ऐतिहासिक कीर्तिपुर शहरको पुरातत्विक सम्पदामा घुम्दै मनोरम मातातिर्थमा पुगेर समापन हुनेछ ।

यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड समय, गति र दुरीका आधारमा गरिने टीएसडी ¥याली र अटोक्रस प्रतियोगिता हुनेछ । टीएसडी -यालीमा ड्राइभरहरूले तोकिएको गति, चालमा गाडी चलाउनुपर्नेछ । समय, गति र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् । अटोक्रस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्शनी गर्ने छन् ।

अटोक्रसमा भाग लिने गाडीहरू १ हजार देखि १ हजार ६ सय सीसी सम्मका हुनेछन् । सबै कारहरु सहभागी हुन सक्ने सो ¥यालीमा अधिकतम २५ गाडीहरू सहभागी रहने आयोजकको भनाइ छ । गाडीमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मा आवद्ध एनएमआरएफमा अनुभवी खेलाडी तथा खेलकर्मी सदस्यहरु रहेका छन् ।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग तथा आबद्धता सहित हुन गइरहेको सो -यालीमा ललितपुर, काठमाडौं सहित कीर्तिपुर अनि चन्द्रागिरि लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट बिश्वस्तरमा पुराउने विश्वास आयोजकले लिएको बताइएको छ ।

यस सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र १५ का वडाध्यक्ष क्रमशः सञ्जय सिग्देल र घनश्याम लुइटेलले चन्द्रागिरि नगरपालिका क्षेत्रमा एड्भेन्चर स्पोर्ट्सका लागि धेरै कार्य गर्न सकिने र आगामी दिनमा यो क्षेत्रमा विशेषज्ञहरुको सहयोगमा सो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले धेरै सम्भावना भएको चन्द्रागिरि नगरपालिका क्षेत्रमा पहिलो पटक यस प्रकारको कार्यक्रम गर्न लागिएको र आगामी दिनमा नगरपालिकासँग मिलेर अझै धेरै कार्य गर्न सकिने सम्भावना वारेमा विविध जानकारी प्रस्तुत गरे ।

बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले कुनै पनि सवारी साधनको -याली वा यस्तै कार्यक्रम गर्दा बिमा गर्नु अनिवार्यता भएको र अन्य अवस्थामा समेत बिमाको वारेमा सचेत हुन सवैलाई आग्रह गरे ।

एनएमआरएफका अध्यक्ष दीपक आचार्यले सो प्रतियोगिताले खेलका साथै ललितपुर र चन्द्रागिरिका पुरातात्विक सम्पदामा झल्किने नेपालको समृद्धिपनालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउन र वातावरणको संरक्षणमा आफ्नो समर्पणलाई दर्शाउने विश्वास व्यक्त गरे ।

एनएमआरएफका महासचिव अनिल के. बरालले MOSROS ललितपुर - चन्द्रागिरि सम्पदा कार -याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप पूर्ण रूपमा सुरक्षित खेल, सम्पदा र पर्यावरण गरी तीन महत्वपूर्ण कार्यलाई सम्बोधन गर्ने मोटर स्पोर्ट्स इभेन्ट हुने भएकाले सबैलाई सहभागिताका लागि आमन्त्रण गरे ।

सम्बन्धित समाचारहरू

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

नेपाली मोटर स्पोर्ट्समा नयाँ अध्याय : काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख र अन्य प्रायोजन गर्ने

काठमाडौं – नेपाली इन्जिनियरिङ शिक्षामा प्रतिष्ठित मानिने कलेज काठमाडौं...

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।...

FIA Motor Sports Game मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने

FIA Motor Sports Game मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...