मोटरसाइकल ड्राइभिङ लाइसेन्सको लागि कसरी आवेदन दिने ? यस्तो छ प्रक्रिया
कुनै पनि सवारी साधन चलाउनका लागि त्यसको अनुमति पत्र वा लाइसेन्स हुनुपर्छ ।...
काठमाडौं - सरकार गठन भएको सय दिनको अवधिमा सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु-याइएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा सरकार गठन भएको सय दिनको अवधिमा सात जिल्लामा एक हजार ८९ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेवाग्राहीको घरमै पु-याइएको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा ती लाइसेन्सहरू सेवाग्राहीको घरमै पु-याइएको हो ।
यातायात व्यवस्था विभागबाट प्राप्त आठ लाख आठ हजार ३१ वटा सवारी चालक अनुमतिपत्रहरू सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको मन्त्रालयले उपलब्ध गराएको सारांशमा उल्लेख छ ।
सरकारले १६ असारसम्म २३ लाख ७५ हजार १८१ थान सवारी चालक अनुमतिपत्र छपाई सम्पन्न भएको पनि जनाएको छ ।
‘सवारी चालक अनुमतिपत्रको लागि प्राप्त नयाँ २१ लाख सात हजार ९६८ आवेदनको हकमा यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई,’ मन्त्रालयको सारांशमा उल्लेख छ ।

कुनै पनि सवारी साधन चलाउनका लागि त्यसको अनुमति पत्र वा लाइसेन्स हुनुपर्छ ।...
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके...
काठमाडौं – यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...