नयाँ सुजुकी ब्रेजामा ४० भन्दा बढी कनेक्टेड फिचर्स हुने

मारुतीको सब–कम्प्याक्ट एसयूभी ब्रेजा एड्भान्स फिचर सहित जुन ३० मा लन्च गरिनेछ । मारुती सुजुकीले नयाँ २०२२ ब्रेजामा ४० भन्दा बढी केनेक्टेड फिचर सहितको इन–बिल्ट नेक्स्ट जेनेरेशनको सुजुकी कनेक्ट टेलिमेटिक्स सोल्युशन पोलिसी हुने जानकारी दिएको छ । नयाँ ब्रेजाले हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी३०० र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ मारुती सुजुकी ब्रेजामा फिचरले भरिएको क्याबिन हुनेछ, जसमा हेड–अप डिस्प्ले, ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा र प्रिमियम साउन्ड सिस्टम समावेश हुनेछ । नयाँ ब्रेजामा कनेक्टेड कार टेक्नोलोजी समावेश गर्नेमा ध्यान केन्द्रित गरिएको छ, जहाँ ट्रयाकिङ, ट्रिप एनालिसिस, ड्राइभिङ बिहेवियर, स्मार्टफोन मार्फत स्टाटस अलर्ट, स्मार्ट घडी र एलेक्सा स्किल जस्ता कार्यका रिमोट एक्सेस गर्न सकिन्छ ।

ब्रेजा पहिलो पटक २०१६ मा भारतमा लन्च गरिएको थियो । मारुती सुजुकीले हालसम्म यो मोडलका ७ लाखभन्दा बढी युनिट बिक्री गरिसकेको छ । अन्य धेरै कम्पनीले प्रतिस्पर्धामा नयाँ मोडल लन्च गरेपछि यसको लोकप्रियता घटेको थियो । वास्तवमा, नयाँ ब्रेजामा इलेक्ट्रिक सनरुफ समावेश गर्ने पहिलो मारुती सुजुकी कार हुनेछ ।

मारुती सुजुकी २०२२ ब्रेजामा नयाँ अर्टिगामा जस्तै १.५ लिटर, ४ सिलिन्डर के१५सी डुअलजेट पेट्रोल इन्जिन समावेश हुनेछ । यो इन्जिन पुरानो ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सलाई नयाँ ६ स्पिड अटोमेटिक युनिटले प्रतिस्थापन गर्नेछ, तर ५ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्डको रूपमा जारी रहनेछ ।

नयाँ २०२२ ब्रेजाको एक्सटेरियरमा नयाँ ग्रिल, रिभाइज्ड फ्रन्ट र रियर बम्पर, अपडेटेड हेडल्याम्प क्लस्टर, ड्युअल टोन शेडमा नयाँ डिजाइन गरिएको १६ इन्चको अलोय ह्विल र पुनः डिजाइन गरिएको टेल ल्याम्प समावेश गर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी ई–भिटाराको युरोप निर्यात सुरु, नेपालमा छिट्टै बिक्री प्रारम्भ हुने

सुजुकी ई–भिटाराको युरोप निर्यात सुरु, नेपालमा छिट्टै बिक्री प्रारम्भ हुने

मारुती सुजुकीले आफ्नो पहिलो विद्युतिय कार ई–भिटारालाई युरोपेली बजारमा...

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

सुजुकी ब्रेजा एलएक्सआईको भिडियो लिक, बेस मोडलमा धेरै फिचर नहुने

मारुती सुजुकीको ब्रेजा लन्च हुनु अगावै सो एसयूभीको भिडियो अनलाइन लिक भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...