सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ
काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...
काठमाडौं - दशैंलाई लक्ष्यित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले विभिन्न देशबाट उच्च मात्रामा गाडी भित्रिएको देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिनासम्ममा ठूलो परिणाममा ईभी आयात भएको देखाएको हो ।
भन्सार विभागका अनुसार दुई महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ वटा ईभी सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका हुन् । साउन महिनामा भने ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरका ३८१ वटा मात्र ईभी गाडी नेपाल आएका थिए ।
जुन साउनको तुलनामा भदौमा ४.२० गुणा बढी ईभी गाडी भित्रिएका हुन् । भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ३६१ वटा ईभी गाडी भित्रिएको विभागले बताएको छ । ७१ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको उक्त गाडी भित्रिदा सरकारले त्यहाँबाट ३१ करोड ७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै, भारतबाट ५० किलोवाट मोटर क्षमता भएका ३२ करोड ६६ लाख ४८ हजार मूल्यको १९९ वटा गाडी आयात भएका छन् । जसबाट सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ कमाएको विभागले जानकारी दिएको छ ।
यसैगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २७६ र चीनबाट ६६२ गरी जम्मा ९३८ वटा ईभी गाडी आयात भएका छन् । २ अर्ब ४३ करोड २१ लाख २५ हजार रुपैयाँको उक्त गाडी आयात हुँदा सरकारले एक अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङकले देखाएको छ ।
विभागका अनुसार १०१ देखि २०० किलोवाट क्षमताका ईभी गाडी अमेरिकाबाट १ र चीनबाट ९८ वटा भित्रिएका छन् । उक्त देशबाट ३२ करोड २९ लाख ९२ हजार बराबरको उक्त गाडी आयात भएका हुन् ।
२०१ किलोवाट भन्दा बढी क्षमता भएका ईभी गाडी चीनबाट २ वटा र जरमनिबाट १ वटा आएका छन् । नेपालमा केही महिना अगाडि सम्पन्न नाडा अटो शोमा ईभी गाडीको उच्च बुक हुँदा डेलिभरीको लागि पनि आयात गरेको बताइन्छ । एकपछि अर्को गर्दै नेपाली सडकमा ईभी बाक्लिँदै जाँदा आगामी दिनमा ईभी आयातले थप बढवा पाउने व्यवसायीहरु बताउँछन् ।
काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...
काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको...
विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...