यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर जडित इलेक्ट्रिक कारमा भारी मात्राले कर बढाएको छ । हाल बजारमा उपलब्ध एकाध बाहेक सबैजसो यस्ता कार १ सय किलोवाट माथिमात्र उपलब्ध भएका कारण धेरैजसो कारको मूल्य फराकिलो अन्तरले वृद्धि हुने देखिन्छ ।

यसअघि जम्मा १५ प्रतिशत मात्र भन्सार शुल्क लाग्दै आइरहेको यस्ता इलेक्ट्रिक कारमा सरकारले एकैपटक १०१ देखि २०० किलोवाटसम्ममा ३० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार बढाए पछि यी कारको मूल्य ३० लाख माथिसम्म बढ्ने देखिएको हो ।

बजेटमा सरकारले कर थप गरेपछि नेपाल आउने तयारीमा रहेका केही कारको भविष्य समेत अन्योलमा परेको छ । नेपाल आउने अन्तिम तयारीमा रहेका बीवाईडी एटो३ र किया ईभी६ को नेपाल आगमन सम्वभतः यही कारणले रोकिन पनि सक्छ । यसअघि ६० लाख हाराहारीमा लन्च गर्ने भनिएको एटो३ को मूल्य ८५ लाख माथि र १ करोड २० लाख हाराहारी अनुमान गरिएको ईभी६ को मूल्य डेढ करोड माथि पुग्ने देखिन्छ ।

बजारमा अहिले हुन्डाईसँग कोना र आयोनिक५ गरी कुल २ मोडलका इलेक्ट्रिक कार उपलब्ध छन् । जसमध्ये कोनामा १ सय किलोवाट क्षमताको मोटर जडान भएको हुँदा यसलाई थप गरिएको करले कुनै असर गर्ने देखिँदैन । अर्को प्रिमियम क्रसओभर अयोनिक५ मा भने १२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारलाई आधिकारिक वितरक कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ८१ लाख हाराहारीमा बिक्री गर्दै आइरहेकोमा भन्सार र अन्तःशुल्क गरी ४५ प्रतिशत वृद्धि हुँदा नयाँ मूल्य १ करोडमाथि पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

यसैगरी पारामाउन्ट मोटर्सले बिक्री गर्दै आइरहेको एमजी जेडएस ईभीको स्ट्यान्डर्ड भेरिएन्टमा १३० र लङ रेन्ज भेरिएन्टमा ११५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो ईभीमा पनि ३० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार शुल्क बढ्ने छ । यसअघि ५२ लाख र ६० लाख रुपैयाँमा बिक्री गर्ने भन्दै वुकिङ लिएकोमा अव मूल्य बढेर ७० र ८० लाख माथि पर्ने आँकलन गर्न सकिन्छ ।

किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आइरहेको निरो ईभीमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो इलेक्ट्रिक कारलाई कम्पनीले ७० लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो । यसमा पनि ३० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार थप हुँदा २५ लाख हराहारी मूल्य बढ्ने देखिन्छ ।

जापनिज अटो निर्माता निसान मोटर्सले निर्माण गरेको लिफ ईभीमा ११० किलोवाट क्षमता र ग्रेटवाल मोटर्सको ओरा गुड क्याटमा १०५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । निसानको नेपालका लागि आधिकारि वितरक पायोनियर मोटोकर्पले यसअघि ६० लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको लिफको मूल्य २० लाख हाराहारी बढेर ८० लाख आसपास पुग्ने देखिन्छ ।

उता ग्रेटवाल मोटर्सको आधिकारिक विरतक भीजी इम्पेक्सले यसअघि ४८ लाख रुपैयाँमा बिक्री गर्दै आइरहेको ओरा गुड क्याटमा १५ लाख हाराहारी मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कारमध्ये सबैभन्दा महंगो टेस्ला वाई मोडलमा २९१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो इलेक्ट्रिक कारमा ४५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भन्सार थप गरिएका कारण यो कारमा ७० लाखभन्दा बढीले मूल्य वृद्धि हुने देखिन्छ । टेस्लाकै मोडल३ मा भने १५८ किलोवाटको मोटर जडान भएका कारण यसमा ५० लाख हाराहारी बढ्ने अनुमान लगाउन सकिन्छ । यसअघि टेस्ला वाइको मूल्य १ करोड ९५ लाख रुपैयाँसम्म र मोडल३ को १ करोड ६५ लाख रुपैयाँसम्म रहेको थियो ।

सम्बन्धित समाचारहरू

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी...

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक...

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

रसुवा – ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...