साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड कार सामान्यतया पेट्रोल र डिजेल कारको तुलनामा धेरै राम्रो हुन्छ । त्यसैले ग्राहकहरु पहिले भन्दा धेरै हाइब्रिड कारमा ध्यान केन्द्रित गरिहेको छ । हाइब्रिड कारमा धेरै फाइदाहरु रहेको छ ।

नेपाली बजारमा समेत हालै कियाले सोरेन्टो हाइब्रिड कार ल्याउने घोषणा गरेको छ । यो भन्दा पहिले सुजुकी र टोयोटाका हाइब्रिड कार समेत भित्रिएका थिए ।

ब्याट्री र इलेक्ट्रिक मोटरले सुसज्जित
हाइब्रिड कारहरुमा इलेक्ट्रिक कारमा जस्तै ब्याट्री र इलेक्ट्रिक मोटर जडान गरिएको हुन्छ । यद्यपि यसको क्षमता भने धेरै कम हुन्छ । सो इलेक्ट्रिक मोटर फ्युल इन्जिनको साथमा काम गर्छ र कारलाई अतिरिक्त पावर प्रदान गर्छ ।

सबै भन्दा राम्रो पिकअप
हाइब्रिड कारको पिकअप उत्कृष्ट हुन्छ र यसको कारण इलेक्ट्रिक मोटर हो । किनकि साधारण कारमा इन्जिन मात्र हुन्छ जबकि हाइब्रिड कारमा इलेक्ट्रिक मोटर पनि रहेको हुन्छ ।

कारले बढी माइलेज दिन्छ
हाइब्रिड कारले साधारण कारको तुलनामा बढी माइलेज प्रदान गर्छ । यसको कारण यसमा जडान गरिएको ब्याट्री र इलेक्ट्रिक मोटर जसले इन्जिनको साथमा काम गर्नु हो । साथै यसको लोडलाई कम गर्छ र कारको माइलेज बढी दिन्छ ।

प्रदूषण कम गर्छ
हाइब्रिड कारमा इलेक्ट्रिक मोटर हुने भएकोले कम प्रदूषण फैलाउँछ । साधारण कारको तुलनामा हाइब्रिड कारको मूल्य र मेन्टिनेन्टस खर्च महँगो हुन्छ । हाइब्रिड कारको तुलनामा सामान्य फ्युल कार धेरै राम्रो देखिन्छ ।

सम्बन्धित समाचारहरू

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो, इन्धनको खपत घट्याे

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो, इन्धनको खपत घट्याे

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...