यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड क्लियरेन्स हुँदैन, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकियोस् । यद्यपि हाल केही सेडान कारमा समेत राम्रो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

कच्ची सडक वा खराब सडकमा कार चलाउँदा सबैभन्दा ठूलो डर तलबाट कार ठोक्किने हो कि भन्ने हो । यस्तो हुँदा इन्जिन र कारको तल्लो भागमा क्षति पुग्ने जोखिम बढ्छ । यो अवस्थामा यस्ता कार उपयोगी हुन सक्छन् ।

फक्सवागन भर्टस
जर्मन कार फक्सवागन भर्टसमा धेरै फिचर सहित राम्रो ग्राउन्ड क्लियरेन्स उपलब्ध छ । यसमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यो कार नेपाली बजारमा अझै उपलब्ध छैन ।

स्कोडा स्लाभिया
स्कोडाको स्लाभिया कार पनि राम्रो ग्राउन्ड क्लियरेन्स भएको सेडान कार हो । सो कारमा १७९ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्समा उपलब्ध छ । यो कार नेपाली बजारमा आउने तयारीमा छ ।

होन्डा अमेज
जापानी कार कम्पनी होन्डाले अमेज कम्प्याक्ट सेडान कार उपलब्ध गराएको छ । होन्डा अमेजमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ । यो कार नेपाली बजारमा उपलब्ध छ ।

टाटा टिगोर
भारतीय कार निर्माता कम्पनी टाटाले कम्प्याक्ट सेडानको रूपमा टाटा टिगोर कार उपलब्भ गराएको छ । होन्डा अमेजमा जस्तै यसको ग्राउण्ड क्लियरेन्स पनि १७० एमएम छ । टाटा टिगोर नेपाली बजारमा उपलब्ध छ ।

सुजुकी डिजायर
मारुती सुजुकीको सबैभन्दा लोकप्रिय कार डिजायरलाई पनि कम्पनीले कम्प्याक्ट सेडानको रूपमा पेश गरेको छ । सो सेडान कारमा १७० एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ । यो कार नेपाली बजारमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान ‘एलिफेन्ट रक’ चढ्दै गरेको भिडियो सार्बजनिक

ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान ‘एलिफेन्ट रक’ चढ्दै गरेको भिडियो सार्बजनिक

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी ह्यारियर लन्च गर्नु...

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

५६ लाख ९९ हजार मूल्यका साथ टाटा कर्भ ईभी नेपालमा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...