कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं - नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले २ अर्ब २४ करोड ३ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो । 

यहाँ २०८० कार्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रूपमा सक्रिय रहेकामा पूर्ण रूपमा नाकामा व्यापारिक कारोबारका लागि आयातरनिर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो ।

विभागले कोरलानाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहलरपहल बढेको हो ।

भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँ अघिसम्म कोरलानाकाबाट आयातरनिर्यातबाट २ अर्ब २ करोड ९६ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिएका छन् । 

चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँच पास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो । 

हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँच पास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको खड्काले बताएका छन् । 

चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँच पास भइसकेको छ । 

नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँच वटा मालवाहक साधन भन्सारमा जाँच पास भई चीनतर्फ निर्यात भएको उनले जानकारी दिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँच पास भएको बताइएको छ । 

कोरलानाकाबाट हुने व्यापारिक आयातरनिर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवासुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । 

समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयातरनिर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ । 

नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरू मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । 

नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झर्ने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।

नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रूपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताएका छन् ।  

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...

वुलिङ बिंगो ईभी अब नेपालमा, मूल्य ३१ लाख ९९ हजार

वुलिङ बिंगो ईभी अब नेपालमा, मूल्य ३१ लाख ९९ हजार

काठमाडौं – इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक...

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

हर्विनले ल्यायो ३०० किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक सवारी निर्माता कम्पनी हर्विनले ईआईसीएमए २०२२ मा आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...