फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले मनसुन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । आज देखि शुरु भएको ‘फक्सवागन मनसुन एक्सचेन्ज’ अफर अन्तर्गत आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना उपलब्ध गराएको छ ।
ग्राहकले आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गरिएको हो ।
सो एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकलेहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन्।
यसका साथै योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबै भन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रदान गरिने छ ।
साथै ५० हजार सम्मका एसेसरिज, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ जस अनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेसन जित्न सक्नेछन्।
हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्। फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ ।
२ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन्।
पूजा इन्टरनेशनल प्रालिले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री–वितरण गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...