चितवन अटोमोबाइल एसोसिएनको अध्यक्षमा मोहन केसी विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

चितवन अटोमोबाइल एसोसिएनको शनिबार सम्पन्न १३औं अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । दुई प्यानलबीच भएको प्रतिस्पर्धामा मोहन केसी प्यानलले बर्चश्व कायम गरेको छ ।

अध्यक्षमा मोहन केसीले प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई ३८ मतले पराजित गरे । केसीको पक्षमा १६६ मत आउँदा भट्टराईको पक्षमा १२८ मत प्राप्त भयो । त्यसैगरी एसोसिएसनको प्रथम उपाध्यक्षमा बिवस पिया, द्वितीय उपाध्यक्षमा सुमन बर्तौला, सचिव पूर्णभद्र सापकोटा, कोषाध्यक्ष किरण सापकोटा, सहसचिव कृष्णराज वाग्ले र सहकोषाध्यक्ष हिमान्सु जोशी निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा माधव पौडेल, मधुसुदन पौडेल, कमला बर्मा, आकाश कँडेल, प्रबिन गौतम र बिबेक श्रेष्ठ निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित भएपछि केसीले सम्पूर्ण सदस्यहरुको भावना अनुसार संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।

अटोमोबाइल क्षेत्रको विकासमा र एसोसिएसनका सदस्यहरुको हकहितमा सक्रियताका साथ काम गर्ने उनको प्रतिबद्धता छ । आफूलाई अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यप्रति उनले आभार व्यक्त गरेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...