बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– काठमाडौं महानगरपालिकाले ६० किलोमिटर मुल सडकमा आधुनिक बत्ति राख्ने प्रक्रिया अघि बढाएको छ । गत मंसिर २५ गते सडक विभाग, विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच सहमती भएसँगै महानगरपालिका भित्रका मूख्य सडकको करिव ६० किलोमिटर सडकमा आधुनिक बत्ति जडान गर्ने प्रक्रिया अघि बढेको हो ।
यातायात व्यवस्थापन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन र सहरलाई अझै सुन्दर बनाउन मूख्य सडकमा १ हजार ७ सयभन्दा बढी आधुनिक बत्ती जडान गर्न लागिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । मेयर उज्यालो अभियान अन्तर्गत महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका करिव ८० स्थानमा उच्च मात्रामा प्रकाश दिन सक्ने बत्ती जडान गर्ने कामलाई अघि बढाएको हो ।
महानगरभित्रका मूख्य सडकमा राखिने उक्त आधुनिक बत्ती जडानमा काठमाडौं महानगरपालिकाकोे ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ ।
पहिलो चरणमा त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म र सिंहदरबार वरिपरि आधुनिक बत्ती जडान गरिने महानगरले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...