आगामी आइतबार देखि ‘सेफ ड्राइभ, सेभ लाइभ्स’ रेडियो कार्यक्रम सञ्चालन हुने
काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम एक्प्लोर द ट्रयाक अन्तर्गतको सन् २०२६ को पहिलो कार्यक्रम मद्रास इन्टरनेसनल रेसिङ सर्किटमा शुरू भएको छ । मद्रास मोटर स्पोट्र्स क्लबको विश्व स्तरीय रेसिङ सर्किटमा आफ्नो सिप सिर्जना बहादुरी देखाउन एक दर्जन नेपाली राइडर बिहीबार साँझ चेन्नई पुगेका छन् । नेपाल रोड रेसिङ च्याम्पियनसिपका विजेता तथा उत्कृष्ट ११ राइडर र दुई अफिसियल सहितको टोलीको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरिरहेको छ ।
सन् १९५२ मा दक्षिण भारतको मद्रास (हालको चेन्नई) सहरमा स्थापना गरिएको मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) को रेसिङ ट्रयाकमा शुरु भएको एमएमएससी नेपाल टीभीएस रेसिङ नामको इभेन्ट अन्तर्गत शुक्रबार ओरिन्टेसनको कार्यक्रम रहेको छ भने शनिबार प्राक्टिस तथा आइतबार फाइनल रेस आयोजना हुनेछ ।
डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको टोलीलाई इन्टरनेसनल मोटरसाइकल फेडेरेसन (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
राइडरहरु श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाई, अभिनव राज मल्ल जस्ता नेसनल र नोभिस क्याटागोरीका विजेताहरु यस टिममा रहेका छन् । त्यस्तै, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल समेत गरी ११ राइडर तथा मोटर स्पोट्र्स नेपाल क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजर र बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलको रुपमा रहेकी छिन् ।
नेपाली राइडरहरुले रेसिङ् र सुरक्षा सम्बन्धी स्किल, नलेजÞ र प्राक्टिससँगै प्रतिस्पर्धामा समेत आफूलाई उतार्नेछन् । जसको नतिजा आइतबार सार्वजनिक हुनेछ ।
नासा नेपालले भनेको छ केही वर्ष अघिबाट शुरू गरिएको एक्प्लोर द ट्रयाक कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरुबाट उच्च प्रशंसा गरिएको छ जसले प्रोपर ट्रयाक नभएको अवस्थामा समेत नेपाली खेलाडीको क्षमता र आत्मविश्वास वृद्धिमा सहयोग पुर्याई रहेको देखिन्छ ।
यही पुस १० गते चितवनमा सम्पन्न नासा नेपालको एघारौँ साधारणसभाले समेत एक्प्लोर द ट्रयाक अन्तर्गत यस वर्ष ३ टिमलाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पास गरेको छ ।
भारतीय मोटर स्पोट्र्स फेडेरेसन एफएमएससीआईकोे नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप अन्तर्गत जनवरी ८ देखि ११ सम्म होण्डा इन्डिया ट्यालेन्ट कप, पेट्रोनास टीभीएस इन्डिया वान मेक च्याम्पियनसिपकै दौरान एमएमएससी नेपाल टीभीएस रेसिङ रेस समेत आयोजना भइरहेको छ ।
नेपालमा अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको रेसिङ नभएको हुँदा चेन्नईमा भइरहेको यस ईभेन्टलाई नासा नेपालले राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको बताएको छ ।
गत अक्टोबर ९ तारिखमा थाइल्याण्डको चिङ्गमाइमा सम्पन्न एफआईए एशिया प्यासिफिक कांग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोट्र्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोक र नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली राइडरहरुको लागि चेन्नईमा रेसिङ सम्बन्धी सहमति गरेका थिए ।
मोटरस्पोट्र्सका तीन वटा अन्तर्राष्ट्रिय महासंघहरू अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ एफआर्ईए, अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएम तथा अन्तर्राष्ट्रिय पावरबोट संघ युआईएममा नासा नेपाल आबद्ध रहेको छ भने हवाई रेसिङका क्षेत्रमा ड्रोन र रोबोटिक खेलहरूमा समेत प्रवेश गरेको छ ।
काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा...
काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...