बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २१औं वार्षिकोत्सव तथा १३औं अधिवेशन सम्पन्न भएको छ । पोखरामा सम्पन्न उक्त अधिवेशनले सन्तोष कुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष सानुमान जलारीसहित पुरुषोत्तम सुवेदी बरिष्ठ उपाध्यक्ष, कृष्णबहादुर खाँड उपाध्यक्ष, योगेन्द्र राजभण्डारी महासचिव, विष्णुप्रसाद अधिकारी सचिव, अर्जुनप्रसाद उप्रेती कोषाध्यक्ष र सोमबहादुर गुरुङ सह–कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा हिमाल तिमिल्सिना, भीमलाल पौडेल, सन्तोषकुमार अर्याल, गिर्जोधन बैठा, निहाल अन्सारी र नरेशकुमार कुर्मी चयन भएका छन् ।
गण्डकी अञ्चल र विशेष गरी पोखरामा कार्यरत चार पांग्रे सवारी साधन मर्मत गर्ने ३ सय २५ वर्कसप सञ्चालकहरु एसोसिएसनमा आवद्ध छन् ।
पोखरा र आसपासको क्षेत्रका अटो मेकानिक्सहरुको संगठनको रुपमा गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन परिचित छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...