ईभी प्रवर्धनका लागि मन्त्री घिसिङले बनाए कार्यदल, नेपाललाई ईभी युगमा लैजाने घोषणा

काठमाडौं - उज्यालो अभियानका नायक मानिएका कुलमान घिसिङ हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् । उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका घिसिङ पहिले देखि नै नेपालमा विद्युतबाट चल्ने सवारी साधन अर्थात ईभीको प्रवर्धनमा लागेको इतिहास भएका कारण उनीबाट धेरै अपेक्षा गरिएको छ ।

यसको सुरुवात समेत उनले पदभार ग्रहणकै समय देखि गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री घिसिङले नेपाललाई ईभी युगमा लैजाने घोषणा समेत गरे । उनले विद्युतीय सवारी साधनको प्रवर्धन र चुनौती समाधानका उपाय बारे अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय समेत गरे ।

उनले मन्त्रालयका पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । समितिमा यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन उपसचिव, आन्तरिक व्यवस्थापन शाखाका उपसचिव र मेकानिकतर्फका सिनियर डिभिजनल इन्जिनियर सदस्य रहेका छन् ।

उक्त कार्यदललाई ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । कार्यदललाई विद्युतीय सवारी साधनको हालको अवस्था, विद्यमान नीति, कानुनी व्यवस्था लगायत बारेमा अध्ययन गर्नेछ । त्यस्तै, ईभीको प्रवर्धन गर्न नीतिगत, संस्थागत र आर्थिक पक्षमा सुधारका लागि सुझाव पेश गर्न, ईभीको गुणस्तर र मापदण्ड सिफारिस गर्न भनिएको छ ।

मन्त्री घिसिङले आगामी दिनमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नुपर्ने समेत बताए । नेपालमा हुने विद्युतको खपत बढाउनका लागि समेत यो आवश्यक भएका बताउदै उनले सवारी साधन र भान्सामा विद्युतको खपत बढ्यो भने धेरै कुराको समाधान हुने र यसका लागि आवश्यक पूर्वाधार भने बन्नु पर्ने बताए । ‘विद्युतीय सवारीसाधनको प्रयोगमा नेपाल विश्वमै टप कन्ट्रीमा पर्छ,’ मन्त्री घिसिङले भने, ‘अब सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, रेल, मेट्रो र सवारीसाधन विद्युतबाटै चलाउनुपर्छ ।’ 

यसले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा बचाउनुका साथै सन् २०४५ सम्मको कार्बन न्युट्रल लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

पदभार ग्रहणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्री घिसिङलाई मन्त्रालयको संगठनात्मक संरचना र हालका प्रमुख चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए । हाल जेनजीको प्रदर्शनका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय अन्तर्गतका संरचनामा पुगेको क्षति र सडक पूर्वाधारमा बाढी पहिरोका कारण पुगेको क्षति मन्त्रालयको सबैभन्दा चुनौतीपूर्ण विषय भएको जानकारी गराएका थिए । 

तत्कालीन समयमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको समयमा पनि विभिन्न कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका सवारी साधनको वारेमा जानकारी लिन र यस्ता समारोहमा समेत उनको सहभागिता रहने गरेको थियो ।

नेपालमा हालै सम्पन्न जेनजी आन्दोलनबाट अटोमोबाइल व्यवासयमा केही क्षति पुगेको भए पनि अबका दिनमा केही नयाँ कार्य हुने अपेक्षा समेत व्यवसायीले गरेका छन् ।

सम्बन्धित समाचारहरू

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...

२०२६ मा पाँच लाख ५० हजार गाडी बिक्री गर्ने साओमीको योजना

२०२६ मा पाँच लाख ५० हजार गाडी बिक्री गर्ने साओमीको योजना

चिनियाँ ईभी निर्माता साओमीले विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति तीव्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...