बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कार खरिदकर्ताले कारमा हुने सेफ्टी इक्विपमेन्ट्स, फिचर र पावरट्रेनमा विशेष ध्यान दिनुपर्छ । कुनै पनि सवारी साधन खरिद गर्दा त्यसको माइलेजको बारेमा चर्चा हुने गरेको छ । म्याग्नाइट, सोनेट, नेक्सन र हुन्डाई भेन्यु जस्ता सब ४–मिटर सेगमेन्ट माइलेजको आँकडा तयार पारिएको छ ।
निसान म्याग्नाइट
निसानको लेटेस्ट एसयूभी म्याग्नाइट निकै लोकप्रिय हुँदैछ । यसको १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल म्यानुअल पावरट्रेनले १८.७५ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । जबकि १.० लिटर टर्बाे पेट्रोल म्यानुअलमा २० किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । साथै सीभीटी गियरबक्सको साथमा १.० लिटर टर्बाे पेट्रोलको माइलेज १७.७ किलोमिटर प्रति लिटर रहेको छ ।
हुन्डाई भेन्यु
हुन्डाई भेन्यु १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनमा १७.५२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ भने १.० लिटर टर्बाे पेट्रोलको म्यानुअलमा १८.२ किलोमिटर प्रति लिटर, आईएमटीमा १७.८ किलोमिटर प्रति लिटर र डीसीटी गियरबक्समा १८.१५ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । सो कारको १.५ लिटर डिजेल इन्जिनमा २३.४ किलोमिटर प्रति लिटरको माइलेज दिने दाबी गरिएको छ ।
किया सोनेट
किया सोनेटमा पनि भेन्युमा जस्तै तीन इन्जिनको विकल्प समावेश गरिएको छ । यसको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल म्यानुअलमा १८.४ किलोमिटर प्रति लिटर, १.५ लिटर डिजेल म्यानुअलमा क्लास लिड २४.१ किलोमिटर, डिजेल एटीमा १९ किलोमिटर, १.० लिटर टर्बाे पेट्रोल आईएमटीमा १८.२ किलोमिरट र १.० लिटर टर्बाे पेट्रोल डीसीटीमा १८.३ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।
फोर्ड इकोस्पोर्ट
फोर्ड इकोस्पोर्टको १.५ लिटर पेट्रोल इन्जिनमा म्यानुअल र अटो ट्रान्समिशनमा १५.९ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । जबकि १.५ लिटर डिजेल इन्जिनमा २१.७ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।
टाटा नेक्सन
टाटा नेक्सनको १.२ लिटर टर्बाे पेट्रोल म्यानुअलमा १७.४ किलोमिटर र अटोमेटिक म्यानुअलमा १६ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । यसको १.५ एल डिजेल इन्जिनको म्यानुअल र अटोमेटिक म्यानुअल दुबैमा २२.४ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।
महिन्द्रा एक्सयूभी३००
महिन्द्रा एक्सयूभी३०० मा कम्पनीले १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा अटोशिफ्ट गियरबक्स समावेश गरिएको छ । यसको एमटी र एएमटी दुबै ट्रान्समिशनमा १७ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । जबकि १.५ लिटर डिजेल इन्जिनमा २० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।
मारुती भिटारा ब्रेजा र टोयोटा अर्बन क्रुजर
मारुती भिटारा ब्रेजाको १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनमा १७.०३ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ जबकि एसएचभीएस माइल्ड हाइब्रिड प्रविधिको साथमा उपलब्ध एटी भर्सनमा १८.७६ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । टोयोटा अर्बन क्रुजरले पनि मारुती भिटारा ब्रेजा जस्तै समान माइलेज प्रदान गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...