मध्यपूर्वको तनावले विश्वबजारमा तेलको मूल्य उच्च

काठमाडौं - पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर सिधै अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको छ । इरान समर्थित हुथी समूहले इजरायलमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिँदा कच्चा तेलको मूल्य एक्कासि उकालो लागेको हो ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ११५ डलर नाघेको छ भने अमेरिकी डब्लुटिआई पनि ३ प्रतिशतभन्दा बढीले बढेको छ ।

यसैबीच इजरायल र इरानबीच प्रतिआक्रमण जारी छन् । तेहरानका केही क्षेत्रमा आक्रमणपछि विद्युत् सेवा प्रभावित भएको थियो भने इजरायलतर्फ पनि औद्योगिक क्षेत्रमा आगलागी भएको खबर छ ।

द्वन्द्वको प्रभाव सञ्चार र शिक्षामा समेत परेको छ । लेबनानमा आक्रमणमा परी पत्रकारको ज्यान गएको छ भने केही शैक्षिक संस्थाले अनलाइन कक्षा सुरु गरेका छन् ।

खाडी क्षेत्रका केही सैन्य आधारहरूमा पनि क्षतिको खबर आइरहेका छन् । यद्यपि कूटनीतिक प्रयास भने जारी रहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...