मध्यपहाडी लोकमार्ग अन्तर्गत मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ ।

राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग रु सात करोड ५० लाख विनियोजन भएको छ ।

उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बनेपनि पुरानो संरचनामा बनेका ‘सिङ्गल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो ।

सम्बन्धित समाचारहरू

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु, रोकिएका ईभी नेपाल भित्रिँदै

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु, रोकिएका ईभी नेपाल भित्रिँदै

रसुवा – रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात...

नारायणघाट-बुटवल सडकको पूर्वखण्डमा सम्पन्न भयो ४७ किलोमिटर कालोपत्र

नारायणघाट-बुटवल सडकको पूर्वखण्डमा सम्पन्न भयो ४७ किलोमिटर कालोपत्र

नवलपुर (नवलपरासी) – चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको...

औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जाेडियाे हुम्ला सदरमुकाम सिमकोट

औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जाेडियाे हुम्ला सदरमुकाम सिमकोट

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...