जेनेभा मोटर शोमा सार्वजनिक भयो सनरुफ सहितको क्युट ईभी

स्विस कम्पनी माइक्रोले जेनेभा मोटर शोमा माइक्रोलिनो लाइट नामक एक क्युट इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । ४५ किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको सो ईभीमा सनरुफ र आश्चर्यजनक रुपमा २३० लिटरको बुट स्पेस पनि छ ।

सहरमा बस्नेहरुका लागि सो माइक्रो कार डिजाइन गरिएको बताइएको छ, जो सहरमा काम गर्न, बजार, बालबालिकालाई विद्यालय पठाउने आदिका लागि सस्तो ईभी खोजिरहेका हुन्छन्। यसका कारण सहरका साँघुरो गल्लीहरूमा सजिलै यात्रा गर्न सकिन्छ र पार्किङमा कुनै समस्या हुनेछैन।

माइक्रोलिनो लाइटमा स्टिल युनिबडी डिजाइनको सुविधा उपलब्ध छ र यसको लम्बाइ २.५ मिटर, चौडाई १.४७ मिटर र उचाई १.५ मिटर छ । कर्ब डिजाइनको साथ यसको वजन ६०० किलोग्राम भन्दा कम छ ।

यसमा भएको बेस ५.५ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा लगभग १०० किलोमिटरको रेन्ज दिन्छ । त्यसैगरी ठूलो ११ किलोवाट आवरबाट अधिकतम १७७ किलोमिटरको रेन्ज उपलब्ध हुन्छ ।

५.५ किलोवाट आवरको ब्याट्रीलाई २.२ किलोवाट टाइप २ चार्जरबाट लगभग २ घण्टामा ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । त्यसैगरी ११ किलोवाट आवरको ब्याट्रीलाई भने चार्ज गर्न लगभग ४ घण्टा समय लाग्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...