एमजी जेडएस ईभीको मूल्य अब ५९ लाख ९९ हजार, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा अब एमजी जेडएस ईभीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हालै सो गाडीको नयाँ मूल्य सार्वजनिक गर्नुका साथै बुकिङ समेत खुलाएको छ ।

बजेट बक्तव्यमार्फत इलेक्ट्रिक गाडीमा अन्तःशुल्क बढाए पश्चात इलेक्ट्रिक गाडी बिक्रेताहरुले नेपाली बजारमा गाडी भित्र्याएको थिएनन् । केही दिन पहिले सरकारले अन्तःशुल्कमा परिमार्जन गरे पछि हाल इलेक्ट्रिक गाडी आयातकर्ताहरुले नयाँ मूल्य सूची समेत सार्वजनिक गर्न थालेका छन् ।

यो भन्दा पहिले एमजी जेडएस ईभीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो । भन्सारमार्फत यी गाडी नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुन अझै करिव डेढ महिना लाग्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस ईभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...