यस्तो छ नेपाली बजारका लागि बुकिङ खुला गरिएको विद्युतीय गाडी एमजी जेडएस ईभी

काठमाडौँ – नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् ईभीको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाट आवरको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजी जेडएस ईभीको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस ईभीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड््न सक्छ । एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो इलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजी जेडएस ईभीमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

काठमाडौं – एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

डिएफएसकेको विन्टर अफर : १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६०, नगद छुुट र एक्सचेन्ज बोनस पनि

डिएफएसकेको विन्टर अफर : १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६०, नगद छुुट र एक्सचेन्ज बोनस पनि

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले विन्टर अफर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...