एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा उत्कृष्ट ब्याट्री रेन्ज र लेटेस्ट फिचर हुने भएको छ । एमजीको नयाँ इलेक्ट्रिक ईभीले भारतमा इलेक्ट्रिक एसयूभी टाटा नेक्सनलाई कडा प्रतिस्पर्धा दिन सक्छ ।

हालै एमजी मोटर्सको आगामी इलेक्ट्रिक एसयूभी परीक्षणको क्रममा देखिएको छ । एमजी मोटर्सले नयाँ अवतार र उत्कृष्ट फिचरसहित इलेक्ट्रिक कार पेश गर्ने अनुमान गरिएको छ ।

एमजी जेडएस ईभी फेसलिफ्ट गत वर्ष युरोपेली देशहरूमा पेश गरिएको थियो । यसमा स्लिकर एलईडी हेडल्याम्पको साथमा नयाँ हेक्सागोनल क्लोज्ड फ्रन्ट ग्रिल देख्न सकिन्छ । यसको बम्पर हालको मोडलभन्दा ठूलो हुनेछ । एमजी जेडएस ईभी फेसलिफ्टमा १७ इन्चको नयाँ मल्टि–स्पोक अलोय ह्वीलको साथमा नयाँ एलईडी टेलल्याम्प देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार अपडेट गरिएको एमजी जेडएस इलेक्ट्रिकको इन्टेरियर कुनै परिवर्तन हुने छैन । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एमजी आई–स्मार्ट कनेक्टेड कार टेक्नोलोजी र अन्य फिचर समावेश गरिएको छ ।

२०२२ एमजी जेडएस ईभी फेसलिफ्टमा ५१ केडब्ल्युएच र ७२ केडब्ल्युएच युनिट पावरट्रेन र ब्याट्री रेन्ज रहेको छ । जसको ब्याट्री रेन्ज एक पटक चार्जमा ५०० किलोमिटर देखि ६०० किलमिटर रहेको छ

हाल भारतीय बजारमा बिक्रीको लागि उपलब्ध एमजी जेडएस ईभी मोडेलको ब्याट्री रेन्ज ४१९ किलोमिटरसम्म छ । एमजी जेडएस ईभी फेसलिफ्टमा फास्ट चार्जिङको सुविधा पनि प्रदान गरिनेछ । एमजी जेडएस इलेक्ट्रिक फेसलिफ्टको सम्भावित मूल्य लगभग २५ लाख भारु हुन सक्छ ।

हाल नेपाली बजारमा पनि एमजी जेडएस ईभी उपलब्ध छ । यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

जीओ अटोमोबाइल्सले ल्यायो एमजीका गाडी नेपालमा, १८ लाख ७५ हजारमा कमेट ईभी, विन्डसर ईभीको कति ?

काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी मोटर इन्डियाको आधिकारिक वितरकको...

नाइमा एक्सपोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

नाइमा एक्सपोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...

पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर, एमजी र आइएम६ ईभी किन्दा ४ लाखसम्म फाइदा

पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर, एमजी र आइएम६ ईभी किन्दा ४ लाखसम्म फाइदा

काठमाडौं–एमजी तथा आइएम मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...