नेपाल–चीन सीमानामा देखियो एमजी एस५ ईभी, केही दिनमै बुकिङ खुल्ने
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...
एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा उत्कृष्ट ब्याट्री रेन्ज र लेटेस्ट फिचर हुने भएको छ । एमजीको नयाँ इलेक्ट्रिक ईभीले भारतमा इलेक्ट्रिक एसयूभी टाटा नेक्सनलाई कडा प्रतिस्पर्धा दिन सक्छ ।
हालै एमजी मोटर्सको आगामी इलेक्ट्रिक एसयूभी परीक्षणको क्रममा देखिएको छ । एमजी मोटर्सले नयाँ अवतार र उत्कृष्ट फिचरसहित इलेक्ट्रिक कार पेश गर्ने अनुमान गरिएको छ ।
एमजी जेडएस ईभी फेसलिफ्ट गत वर्ष युरोपेली देशहरूमा पेश गरिएको थियो । यसमा स्लिकर एलईडी हेडल्याम्पको साथमा नयाँ हेक्सागोनल क्लोज्ड फ्रन्ट ग्रिल देख्न सकिन्छ । यसको बम्पर हालको मोडलभन्दा ठूलो हुनेछ । एमजी जेडएस ईभी फेसलिफ्टमा १७ इन्चको नयाँ मल्टि–स्पोक अलोय ह्वीलको साथमा नयाँ एलईडी टेलल्याम्प देख्न सकिन्छ ।
मिडिया रिपोर्टका अनुसार अपडेट गरिएको एमजी जेडएस इलेक्ट्रिकको इन्टेरियर कुनै परिवर्तन हुने छैन । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एमजी आई–स्मार्ट कनेक्टेड कार टेक्नोलोजी र अन्य फिचर समावेश गरिएको छ ।
२०२२ एमजी जेडएस ईभी फेसलिफ्टमा ५१ केडब्ल्युएच र ७२ केडब्ल्युएच युनिट पावरट्रेन र ब्याट्री रेन्ज रहेको छ । जसको ब्याट्री रेन्ज एक पटक चार्जमा ५०० किलोमिटर देखि ६०० किलमिटर रहेको छ
हाल भारतीय बजारमा बिक्रीको लागि उपलब्ध एमजी जेडएस ईभी मोडेलको ब्याट्री रेन्ज ४१९ किलोमिटरसम्म छ । एमजी जेडएस ईभी फेसलिफ्टमा फास्ट चार्जिङको सुविधा पनि प्रदान गरिनेछ । एमजी जेडएस इलेक्ट्रिक फेसलिफ्टको सम्भावित मूल्य लगभग २५ लाख भारु हुन सक्छ ।
हाल नेपाली बजारमा पनि एमजी जेडएस ईभी उपलब्ध छ । यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ छ ।
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...
एमजी ब्रान्डका इलेक्ट्रिक कार प्रयोगकर्ताले निकट भबिष्यमै देशका थप १२...
एमजी मोटर्सले चाँडै नै भारतीय बजारमा एमजी साइबरस्टरलाई नयाँ कारको रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...