ठूलो ब्याट्री प्याकसहित अपडेट भएर आउँदै एमजी विन्डसर
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...
एमजी मोटर इन्डियाले आफ्नो आगामी क्रसओभर युटिलिटी गाडी विन्डसरको नयाँ टिजर जारी गरेको छ । जेएसडब्ल्यु र एमजी बिचको साझेदारीमा यो भारतमा पहिलो कार हुनेछ । कम्पनीले सो कारलाई भारतको पहिलो इलेक्ट्रिक युटिलिटी गाडी भनिरहेको छ ।
कम्पनीले हालै विन्डसर ईभी सेप्टेम्बर ११ मा लन्च गर्ने घोषणा गरेको छ । यसको मूल्य २० लाख भन्दा कम हुन सक्ने अनुमान गरिएको छ । सो एसयूभीले कर्भ ईभी, नेक्सन ईभी र एक्सयूभ४०० सँग प्रतिस्पर्धा गर्नेछ ।
सोशल मिडिया प्लेटफर्म एक्समा जारी गरेकी भिडियोमा सो गाडीको प्यानोरामिक ग्लासरूफ देखाइएको छ । उक्त ग्लासबाट क्याबिनमा आउने प्रकाशले क्याबिनलाई निकै प्रिमियम देखाइएको छ । यस्तै ग्लासरुफ हुन्डाई प्रिमियम ईभी आयोनिक ५ मा पनि दिइएको छ ।
सो कार कार इन्डोनेसियामा वुलिङ क्लाउड ईभीको नाममा बिक्रि गरिन्छ । सो एसयूभीको भारतीय संस्करणको स्पेसिफिकेशनको बारेमा जानकारी अझै खुलाइएको छैन । यसलाई क्लाउड ईभी नामक इलेक्ट्रिक पावरट्रेनमा पेश गर्न सकिन्छ । क्लाउड ईभीमा ३७.९ किलोवाट ब्याट्री प्याक र ५०.६ किलोवाट ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ, जसले ३६० किलोमिटर ४६० किलोमिटर रेन्ज प्रदान गर्छ ।
विन्डसर ईभीको ह्विलबेस २७०० एमएम छ । सो एसयूभी एमपीभी जस्तो देखिए तापनि यो ५ सिट कन्फिगरेसनको साथ उपलब्ध हुनेछ । यसमा १५.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जिङ, मल्टी कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक एडजस्टेबल फ्रन्ट सिट र इलेक्ट्रिक टेलगेट जस्ता फिचर हुने सम्भावना छ ।
सो एसयूभीमा सेफ्टिका लागि इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा जस्ता फिचर उपलब्ध हुनेछ । विन्डसरमा एडास जस्ता फिचर पनि दिन सक्ने सम्भावना छ ।
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...
काठमाडौं – नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन...
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...