एमजी विन्डसर ईभीले पायो ग्रिन कार अफ द इयर २०२५ अवार्ड, यी हुन् अन्य विजेता

भारतमा अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र ठूलो मानिने अवार्ड शो इन्डियन कार अफ द इयर र इन्डियन मोटरसाइकल अफ द इयरको यो वर्षको विजेता घोषणा गरिएको छ ।

यस अनुसार महिन्द्रा थार रोक्स र अप्रिलिया आरएस ४५७ ले सबै प्रतिद्वन्दीलाई पछाडि पारेर सो उपाधि हासिल गरेका छन् । त्यसैगरी एमजी विन्डसर ईभीले ग्रिन कार अफ द इयर २०२५ अवार्डबाट सम्मानित गरिएको छ भने प्रिमियम कार अफ द इयर २०२५ को अवार्ड मर्सिडिज बेन्ज ई–क्लास लङ ह्विलबेसले पाएको छ ।

जेके टायरको आयोजनामा प्रत्येक वर्ष हुने सो अवार्ड समारोहको यो वर्ष २०औं संस्करण हो । अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्ति र पत्रकारहरुको समूहले विभिन्न मोडलबाट विजेताको छनोट गर्ने गर्छन् ।

इन्डियन कार अफ द इयर २०२५ को रेसमा विभिन्न कारहरु थिए । ती मध्ये महिन्द्रा थार रोक्सले सो अवार्ड जित्यो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः मारुती सुजुकी डिजायर सेडान र स्विफ्ट ह्याचब्याक रहे ।

त्यसैगरी इन्डियन मोटरसाइकल अफ द इयर २०२५ को उपाधि अप्रिलिया आरएस ४५७ ले पायो भने दोस्रो स्थानमा विश्वकै पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ र तेस्रो स्थानमा हिरो एक्सट्रिम १२५ आर रहे ।

त्यसैगरी इन्डियन ग्रिन कार अफ द इयर अवार्ड पाएको एमजी विन्डसर ईभीले दोस्रो स्थानमा रहेको बीएमडब्ल्यु आई५ र तेस्रो स्थानमा रहेको बीवाईडी सिललाई पछि पारेर सो उपाधि हासिल गरेको थियो ।

सम्बन्धित समाचारहरू

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीमा खुल्यो सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन

लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन...

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...

फेस्टिभ सिजन पछि क्रेटा फेसलिफ्टको इलेक्ट्रिक भर्सन ल्याउदै हुन्डाई

फेस्टिभ सिजन पछि क्रेटा फेसलिफ्टको इलेक्ट्रिक भर्सन ल्याउदै हुन्डाई

हुन्डाईले मिड साइज एसयूभी क्रेटा इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...