एमजी र जियोको साझेदारी, एमजीको नयाँ कारमा कनेक्टेड टेक्नोलोजी समावेश गर्ने
एमजी मोटरले भारतीय बजारमा उपलब्ध हुने आफ्नो कारमा एड्भान्स कनेक्टेड...
एमजी मोटर इन्डियाले २०२५ को अन्त्यसम्ममा ५ नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीव चाबाका अनुसार भारतीय बजारका लागि पाँचवटा नयाँ मोडलले स्वीकृति पाएको हो ।
पाँच नयाँ मोडलमध्ये पहिलो क्रसओभर भएको चाबाले बताए । यो कार यसै वर्षको अक्टोबरसम्म लन्च हुने र मूल्य १५ देखी २० लाख भारुसम्म पर्ने जनाइएको छ । एमजीले हाल भारतमा क्लाउड ईभीको परिक्षण शुरु गरेका कारण नयाँ क्रसओभर यहि ईभी हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी दोस्रो मोडेल बिंगो ह्याचब्याक हुने अनुमान गरिएको छ । एमजीले भारतमा यो इलेक्ट्रिक ह्याचब्याकको लागि पहिले नै पेटेन्ट दायर गरिसकेको छ ।
मिडिया रिपोर्टका अनुसार, एमजीले भारतमा नयाँ डी–सेग्मेन्ट एसयूभी पनि लन्च गर्ने योजना बनाएको छ । जुन वुलिङ स्टारलाइट एसमा आधारित हुन सक्छ । यो प्लग–इन हाइब्रिड र शुद्ध विद्युतीय पावरट्रेनको साथ आउन सक्नेछ ।
एमजीले दुईवटा प्रिमियम कार पनि ल्याउने योजना बनाएको छ । यी कार साइवरस्टार र आर७ एसयुभी हुनसक्ने अनुमान गरिएको छ । साइवरस्टार एमजीको इलेक्ट्रिक स्पोर्ट्स कार हो भने आर७ कुपे एसयूभी हो ।
एमजी मोटरले भारतीय बजारमा उपलब्ध हुने आफ्नो कारमा एड्भान्स कनेक्टेड...
एमजी मोटरको माउ कम्पनी एसएआईसीले जेएसएडब्लू एमजी मोटर इन्डियामा रहेको...
काठमाडौं – नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...