यूरो एनक्यापको क्र्यास टेष्टमा एमजी एस५ ले पायो ५ स्टार सेफ्टि रेटिङ

एमजीको नयाँ बिद्युतिय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार सेफ्टि रेटिङ पाएको छ । नेपाली बजारमा समेत बिक्री हुँदै आएको एस५ ले एडल्ट अकुपेन्टमा ९० प्रतिशत, चाइल्ड अकुपेन्टमा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८२ प्रतिशत र सेफ्टि असिष्टमा ७८ प्रतिशत नतिजासहित ५ स्टार रेटिङ हाँसिल गरेको हो ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ । यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । नेपाल आएको एमजी एस५ मा ९९ किलोवाटको मोटर छ ।

सम्बन्धित समाचारहरू

भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली...

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...