स्पोर्टी लुक्स र आकर्षक फिचरसहित चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान अल्फा र बिटा गरी दुई भर्सनमा यो एसयूभी उपलब्ध हुनेछ, जस मध्ये अल्फा स्पोर्टी छ भने बिटा अलि क्लासिक छ ।

एमजी वान अल्फामा फराकिलो ग्रिल छ, जसले यसलाई स्पोर्टी देखाएको छ । ग्रिल र बम्पर वाहेक यी दुई भेरिएन्टमा खासै अन्तर छैन । हाल अल्फा मात्र बजारमा उपलब्ध गराइएको छ र केही महिना पश्चात बिटा समेत उपलब्ध हुने बताइएको छ । यसको बुकिङ भने शुरु भइसकेको छ ।

एमजीको प्यारेन्ट कम्पनी एसएआईसीको नयाँ सिग्मा आर्किटेक्चरमा आधारित यो पहिलो एमजी एसयूभी हो । यसमा १.५ लिटर टर्बोचार्ज्ड फोर सिलिन्डर ‘मेगा टेक’ पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १८१ एचपी पावर र २८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीभीटी गियरबक्स प्रयोग गरिएको छ, जुन एसएआईसी र जर्मन कम्पनी बोसले संयुक्त रुपमा विकास गरेका हुन् ।

हाल चाइनिज कम्पनीहरुले युवा ग्राहकको रोजाई अनुसारको डिजाइन विकास गरिरहेको सन्दर्भमा एमजीले पनि त्यसै अनुसारको डिजाइन विकास गरेको मानिन्छ । यसको ड्यासबोर्ड धेरै नै एड्भान्स्ड छ । समग्र स्क्रिन ३० इन्चको छ भने यसको आधा भाग डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र इन्फोटेनमेन्टका लागि सेन्ट्रल स्क्रिनको रुपमा विभाजित गरिएको छ । उक्त इन्फोटेनमेन्ट सिस्टमलाई ‘जेब्रा’ नाम दिइएको छ, जुन एसएआईसी र अलिबाबाले संयुक्त रुपमा विकास गरेका हुन् ।

कारको इन्स्ट्रयुमेन्ट प्यानलको ग्राफिक्स पनि निकै नै आकर्षक छ । लेदर सिट र बडी कलर सेफ्टी बेल्ट सहितको इन्टेरियर समेत निकै नै स्पोर्टी छ ।

एमजी वानको मूल्य १११ युआन देखि १३९ युआन सम्म तोकिएको छ । डलरमा हेर्दा यसको मूल्इ १७ हजार ४१५ देखि २१ हजार ७७३ डलर सम्म छ ।

नेपाली बजारमा पारामाउन्ट मोटर्सले एमजीका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । भविष्यमा यो गाडी नेपाली बजारमा पनि उपलब्ध हुन सक्छ ।

सम्बन्धित समाचारहरू

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स...

एमजीले अब साना र सस्ता ईभीको उत्पादनमा जोड दिने, कम्प्याक्ट एसयूभी र ह्याचब्याक आउन सक्ने

एमजीले अब साना र सस्ता ईभीको उत्पादनमा जोड दिने, कम्प्याक्ट एसयूभी र ह्याचब्याक आउन सक्ने

अघिल्लो बर्ष भारतीय बजारमा एमजी जेडस ईभीलाई उतारेर चर्चामा आएको एमजी...

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

पारामाउन्ट मोटर्सले हिजो एमजी हेक्टरलाई नेपाली बजारमा औपचारिक लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...