प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यको घोषणा गरेको छ ।
सो सहकार्य अनुसार नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशत सम्म फाइनान्स सुविधा पाउने छन् ।
एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरुबाट फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
प्रतिस्पर्धी ब्याजदर, लचिलो नियम र सहज प्रक्रिया सहित बैंकले सुविधा उपलब्ध गराउने बताइएको छ । यसका लागि बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टको रुपमा बुझाउनु पर्नेछ ।
पारामाउन्ट मोटर्सले एनआईएमबीसँगको सहकार्यमा ग्राहकलाई सहज रुपमा फाइनान्स सुविधा सहित अटो लोन उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गरेको छ । नेपालमा सस्टेनेबल र एड्भान्स्ड मोबिलिटी सोलुसन उपलब्ध गराउने कम्पनीको भिजनसँग मिल्ने गरी यस प्रकारको फाइनान्स सुविधा उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
एनआईएमबीले नेपाल राष्ट्र बैंकको गाइडलाइन बमोजिम ग्राहकमैत्री फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ ।
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...