एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकहरुले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाइदाहरु लिन सक्नेछन् ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायती ब्रान्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउदै आएको कम्पनीको भनाइ छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु युरोपेली कानुन र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरु बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरुले गर्छन् ।

अहिले नेपालमा एमजी४ ईभी, जेडएस ईभी र कोमेट ईभी गरी ३ विद्युतीय सवारी र हेक्टर, एचएस र एस्टर गरी ३ इन्धन/हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार एमजीका गाडीहरुमा अधिकतम ७ लाखको नगद छुटसँगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर र चालु आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ ।

यो अफर देशैभरिका एमजीका २१ सोरुमहरुमा उपलब्ध हुनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन्।

सम्बन्धित समाचारहरू

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

काठमाडौं – नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा...

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

नेटा भी आजदेखि बजारमा, ग्राउन्ड क्लियरेन्स र मूल्यमा ईभी पारखीको चासो

सीजी मोटर्सले आजदेखि नेटा भी नेपाली बजारमा उपलब्ध गराउने भएको छ । केही दिन...

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

जर्मनीको एक टेक्निकल युनिभर्सिटीका विद्यार्धीले हालसम्मकै सर्बाधिक बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...