भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

एमजीले भारतीय बजारमा ल्याउने भनिएको आगामी इलेक्ट्रिक कार इन्डोनेसियामा चलिरहेको जी२० शिखर सम्मेलनमा आधिकारिक रूपमा प्रयोग भइरहेको छ । जसलाई चाँडै नै लन्च गर्ने भएको छ । सो कार हाल इन्डोनेसियामा बिक्री भइरहेको छ ।

वुलिङ एयर ईभी नामक सो कार रातो र सुन्तला रङमा तथा निलो रङमा २ फरक फरक डिजाइनहरु छन् । सो कार ग्लोबल स्मल इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ । भारतको लागि सो कम्प्याक्ट ईभीको कोडनेम ई२३० राखिएको छ ।

सो कारको लम्बाई २९७४ एमएम, चौडाइ १५०५ एमएम, उचाइ १६३१ एमएम र ह्विलबेस २०१० एमएम हुने अपेक्षा गरिएको छ । यो टियागो ईभी भन्दा सानो हुनेछ र हालै लन्च भएको ईएएस–ई माइक्रो ईभीसँग मिल्दोजुल्दो हुनेछ ।

वुलिङ्ग एयर ईभीमा १७.३ केडब्ल्युएच र २६.७ केडब्ल्युएच गरी २ वटा ब्याट्री उपलब्ध छ । यसमा सानो ब्याट्रीले २०० किमी र ठुलो ब्याट्रीले ३०० किमीको रेन्ज दिने वुलिङगको दाबी छ । सो दुवै ब्याट्रीमा रियर एक्सलमा इलेक्ट्रिक मोटर छ जसले ४१ पीएसको पावर जेनेरेट गर्छ ।

एमजी मोटर इन्डियाले अर्को वर्ष जनवरीमा वुलिङ्ग एयर ईभीमा आधारित इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ । यो २०२३ को दिल्लीमा हुने अटो एक्सपोमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएक्स...

एमजी जेडएस ईभीको मूल्य अब ५० लाख ९९ हजार, पहिले भन्दा ९ लाख रुपैयाँ कम

एमजी जेडएस ईभीको मूल्य अब ५० लाख ९९ हजार, पहिले भन्दा ९ लाख रुपैयाँ कम

काठमाडौं – नेपाली बजारमा एमजी ब्रान्डका गाडी बिक्री–वितरण गरिरहेको...

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...