जीओ अटोमोबाइल्सद्वारा थप विशेषता सहित नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक

काठमाडौं – नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्सले नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीले केही दिन पहिले मात्र नयाँ एमजी कोमेट र एमजी विन्डसर सार्वजनिक गरे लगत्तै अब नयाँ एमजी हेक्टर सार्वजनिकरण गरेको हो । यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा उन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक एक्सटेरियर समावेश गरिएको छ । समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयूभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ ।

आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो क्याबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ ।

कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ ।

सार्वजनिकरण कार्यक्रममा बोल्दै जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए । उनका अनुसार, “एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक हो । यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ । नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।” उनले स्टाइल, सेफ्टी, टेक्नोलोजी तथा व्यवहारिकताको समिश्रण खोज्ने नेपाली ग्राहकहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे ।

एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । यो एसयूभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार नयाँ एमजी हेक्टर सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ । साथै जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक स्पेयर पार्ट्सको सहज उपलब्धता तथा ग्राहककेन्द्रित सर्भिस एक्सपेरियन्स प्रदान गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

सम्बन्धित समाचारहरू

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

बजेट अघि आएर स्टकमा रहेका एमजी जेडएस ईभी पुरानै मूल्यमा उपलब्ध हुने

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएक्स...

डिएफएसकेको विन्टर अफर : १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६०, नगद छुुट र एक्सचेन्ज बोनस पनि

डिएफएसकेको विन्टर अफर : १० लाख डाउनपेमेन्टमै ग्लोरी ५६०, नगद छुुट र एक्सचेन्ज बोनस पनि

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले विन्टर अफर...

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित  चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

स्पोर्टी लुक्स र आकर्षक फिचरसहित चिनियाँ बजारमा लन्च भयो एमजी वान क्रसओभर एसयूभी

चिनियाँ बजारमा एमजी वान कम्प्याक्ट क्रसओभर एसयूभी लन्च भएको छ । एमजी वान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...