७ ड्राइभिङ मोड र ७० बढी स्मार्ट फिचर प्रयोग गर्न सकिने एमजी ग्लोस्टर भारतमा लन्च

ब्रिटिश कार कम्पनी मोरिस ग्यारेज (एमजी) ले भारतमा आफ्नो फ्ल्यागसिप फुल साइज एसयूभी एमजी ग्लोस्टर लन्च गरेको छ । एमजी ग्लोस्टरको सुरुवाती सुपर ट्रिम अप्सनको मूल्य २८ लाख ९८ हजार र टप सेगमेन्ट एमजी ग्लोस्टर सेभीको मूल्य ३५ लाख ३८ हजार भारु निर्धारण गरिएको छ ।

७ सिट र ६ सिट अप्सनका साथ एमजी ग्लोस्टर ५ भेरिएन्टमा लन्च गरिएको हो । यसमा सुपर ट्रिम भेरिएन्ट ७ सिटर छ । त्यसैगरी स्मार्ट ट्रिम र सार्प भेरिएन्ट पनि ७ सिटर छ । सार्प ट्रिममा ६ सिटर समेत छ । यसको टप सेगमेन्ट सेभी भेरिएन्ट ६ सिटर छ ।

एमजी ग्लोस्टरको टप सेगमेन्ट एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट सिष्टम (एडीएएस) ले सुसज्जित छ, जसमा फरवार्ड कोलिजन वार्निङ सिष्टम, अटो हेडलाइट एन्ड वाइपर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, पार्क असिष्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ र ब्लाइन्ड स्पट डिटेक्सन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

सो एसयूभीमा २१५ बीएचपी २.० लिटर फोर सिलिन्डर टर्बो डिजेल इन्जिन र १६१ बीएचपी २.० लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन उपलब्ध छ । यसमा ८ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध छ र म्यानुअल ट्रान्समिसन छैन ।

यो फुल साइज एसयूभीमा १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, ८ इन्च टीएफटी स्क्रिन एलईडी हेडलाइट, एलईडी डीआरएल, एलईडी फगल्याम्प, अलोय ह्विल, प्यानोरामिक सनरुफ, थ्री जोन क्लाइमेट कन्ट्रोल सिष्टम, भेन्टिलेटेड फ्रन्ट सिट र ड्राइभर सिट मसाज फङ्सनका साथ एमजी आईस्मार्ट कनेक्टिभिटी जस्ता फिचर उपलब्ध छन् । एमजी आईस्मार्ट कनेक्टिभिटीको सहयोगले क्रिटिकल टायर प्रेसर, भ्वाइस अलर्ट र एन्टी थेफ्ट इमोबिलाइजेसन समेत ७० भन्दा धेरै स्मार्ट फिचर प्रयोग गर्न सकिन्छ । यसमा अटो, इको, स्पोर्ट, मड, रक, स्नो र स्यान्ड जस्ता ७ ड्राइभिङ मोड उपलब्ध छन् ।

एमजीले यो भारतको पहिलो लेवल १ अटोनोमस क्यापाबिलिटिजयुक्त एसयूभी भएको दावी गरेको छ । यसमा राइडर र प्यासेन्जरको सुरक्षालाई ध्यान दिनुका साथै स्मार्ट ड्राइभिङको समेत अनुभव लिन सकिन्छ ।

यसको बुकिङ प्रारम्भ भएको छ र भारतमा एक लाख भारुका साथ बुकिङ गर्न सकिन्छ । यसको प्रतिस्पर्धा टोयोटा फर्चुनर, फोर्ड एन्डेभर र महिन्द्रा अल्टुरस जी४ सँग हुनेछ ।

नेपालमा पारामाउन्ट मोटर्सले एमजीका गाडी बिक्री–वितरण गरिरहेको छ । केही महिना पछि यो गाडी नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...