उही मूल्यमा नयाँ पेन्ट स्किम सहित नेपाल भित्रियो केटीएम आरसी ३९०, यस्ता छन् फिचर

काठमाडौं – नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरसाइकल हालै नेपाली बजारमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा पहिले ब्ल्याक एन्ड ह्वाइटको सिंगल कलरमा मात्र उपलब्ध भएकोमा अब नयाँ आकर्षक कलरमा समेत यो मोटरसाइकल उपलब्ध भएको हो । यसको मूल्य हाल उपलब्ध मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ नै तोकिएको छ ।

उक्त मोटरसाइकलको नयाँ पेन्टमा आकर्षक ग्राफिक्स पनि दिइएको छ । यसमा केटीएभ आरसी ३९० को ठूलो लोगो देख्न सकिन्छ, जसलाई ओरेन्ज र ह्वाइटमा राखिएको छ । यसमा सिल्भर, ओरेन्ज, ह्वाइट र ब्ल्याक कलरको सन्तुलन गराइएको छ । पहिले जस्तै रिममा ओरेन्ज र च्यासिसमा ब्ल्याक कलर दिइएको छ ।

नेपाली बजारमा उपलब्ध मोटरसाइकल मध्ये यो पनि एक स्टाइलिस्ट र आकर्षक मोटरसाइकल हो । यसमा ३७३.२ सीसीको सिंगल सिलिन्डर लिक्विडकुल्ड इन्जिन छ, जसले ४३ बीएचपी पावर र ३६ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा राइड बाई वायर र स्लिपर क्लच जस्ता विभिन्न फिचर पाउन सकिन्छ । डिजाइनको मामिलामा यो अन्य ४ सय सीसीका मोटरसाइकल भन्दा फरक छ । यसको अघिल्लो भागमा रेजर सार्प डिजाइन छ । त्यसैगरी युनिक लुकयुक्त ड्युअल एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प छ ।

यो मोटरसाइकलमा ड्युअल डिस्क ब्रेकका साथ ड्युअल च्यानल एबीएस पनि उपलब्ध छ । त्यसैगरी ट्रयाक्सन कन्ट्रोल, मल्टिपल राइडिङ मोड, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

१० वर्षपछि सुपर मोटो टुरर सेगमेन्टमा केटीएमको पुनरागमन

१० वर्षपछि सुपर मोटो टुरर सेगमेन्टमा केटीएमको पुनरागमन

१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन...

केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले आफ्नो आउँदै गरेको नयाँ बाइक आरसी ३९० को टिजर सार्वजनिक गरेको छ ।...

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न, को–को वने विजेता ?

काठमाडौं– केटीएम नेपालले केटीएम इन्ड्यूरो डे भव्यताका साथ सम्पन्न गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...