बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– मेरो अटो मोटर -यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो ।
र्यालीको फ्ल्याग अफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच -यालीको समापन गरिने छ ।
र्यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् । -यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले -याली आयोजना गरिएको बताए ।
‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वषदेखि मेरोअटो मोटर -याली आयोजना गर्दै आएका छौं,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मोटर -यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
र्यालीको प्रायोजकमा बीवाइडी, हुन्डाई र एमजी रहेका छन् । त्यस्तै, सपोर्टरहरूमा टाटा टियागो ईभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, टोयोटा, मेगा बिजनेश ग्रुप र फेसियल हाउस छन् ।
त्यसैगरी, बैंकिङ पार्टनरमा सिटिजन्स बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फूड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल र हस्पिटालिटी पार्टनर होटल मोनालिसा छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...