अटोमोबाइल क्षेत्रमा क्रियाशील मेघराज पौडेल एमालेको खेलकुद विभाग सचिवमा मनोनित

काठमाडौं - एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित भएका छन् । एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो । 

लिलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघिनै सदस्यहरु मनोनित भएका थिए । बिहीबारमात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा खेलकुद विभागको सचिवमा पौडेललाई मनोनित गरिएको हो । 

नेपाल क्लाइमबिङ एसोसिएसनका महासचिव रहेका पौडेल एमालेको खेलकुद राजनीतिमा क्रियाशिल छन् । उनी यसअघि एमालेको नेपाल खेलकुद महासंघको केन्द्रिय महासचिव थिए । 

खेलकुद महासंघमा लामो समय राजनीति गरेका पौडेललाई एमालेले विभाग सचिवको जिम्मेवारी दिएको हो । नेपालमा मोटर स्पोर्टससँगै साहसिक तथा पर्वतीय खेलमा पौडेलले काम गरेका छन् । उनी पर्वतीय खेलकुद महासंघका पूर्व कोषाध्यक्ष समेत हुन् । उनले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मा समेत उपाध्यक्ष र अन्य विभिन्न पदमा रहेर लामो समय काम गरिसकेका छन् । उनी नेपाली बजारमा रोयल इन्फिल्ड बाइकको प्रबर्द्धक समेत मानिन्छन् ।

एमालेको खेलकुद नीति, नियम निमार्ण गर्ने निकाय खेलकुद विभागले पार्टी र सरकारमा खेलकुदको एजेण्डालाई लबिङ र स्थापित गर्ने काम गर्छ । 

विभाग सचिवमा मनोनित पौडेलले एमालेको खेलकुद नीतिलाई राज्यको आधारभुत खेलकुदको विकाससँग जोडेर काम गरिने बताए । 

सम्बन्धित समाचारहरू

आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने

आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र...

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

मनिलामा सम्पन्न रोड सेफ्टी कन्फ्रेन्समा नेपालको दमदार सहभागिता, दिगो सडक र सुरक्षित यातायात चर्चा

एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी...

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...