आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आज देखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना प्रारम्भ गरेको छ । सो क्याम्प आगामी मंगलबार सम्म चल्ने छ ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, वीरगन्ज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगन्जमा रहेका छन्।

क्याम्पमा टाटाका प्यासेन्ज्र श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन्।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप , ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीको भनाइ छ।

यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।

टाटाको प्यासेन्जर श्रेणीका गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार...

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

टाटा नेक्सन फेब्रुअरीमहिनामा समेत भारतको सर्बाधिक बिक्री हुने एसयुभी...

२०२५ मोडलको टियागो ईभी नेपालमा, मूल्य २७ लाख ४९ हजार

२०२५ मोडलको टियागो ईभी नेपालमा, मूल्य २७ लाख ४९ हजार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...