राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग आइतबार सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले आगामी फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेकोे र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो ।

उक्त छलफलमा खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र वाहिरको सम्भावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुबिच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा कार्य गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रित रहेको बताइएको छ ।

उक्त छलफलमा सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव डण्डुराज घिमिरेले समेत आफनो धारणा राखेका थिए । सो भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल –एएसडीसी) का कार्यसमिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफना धारणाहरु राखेका थिए ।

सो मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने जस्ता कार्यक्रमको प्रमुख उद्देश्य राखेर सो सम्मेलन काठमाडौमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको हो ।

यसैगरी सो मन्त्रालयले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ ।

उक्त भेटघाट तथा छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए) बीच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

गत जनवरीको १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिभ कम्पोनेन्ट मेनुफेक्चर्स एसोसिएसन (एसीएमए), एएसडीसी र एनएडीए विच त्रिपक्षीय चार बुँदे सम्झौता समेत सम्पन्न भएको थियो ।

सम्बन्धित समाचारहरू

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...

भन्सार यार्डभित्रै एमआरपी सुचि सहितको स्टिकर टाँस्नु व्यावहारिक छैन : नाडा

भन्सार यार्डभित्रै एमआरपी सुचि सहितको स्टिकर टाँस्नु व्यावहारिक छैन : नाडा

काठमाडौं–नाडा प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद...

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...