१ करोड २५ लाखको म्याक्सस मिफामा विशेष १० लाख अफर, आजैदेखि बिक्री प्रारम्भ

काठमाडौं – आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपालमा मोबिलिटी एक्सपोमा इलेक्ट्रिक एमपीभी म्याक्सस मिफा ७ सार्वजनिक गरिएको छ ।

चीनको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ। केही समयअघि म्याक्सस ब्रान्डकै ईटेरोन९ विद्युतीय लक्जरी फोर ह्विल पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।

सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसनले विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्रान्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ।

मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ। साथै यो मोबिलिटी एक्सपो भरि मिफा ७ बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र ईटेरोन९ पिकअप बुक गर्नेलाई ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए ।

७ सिटर मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र ईटेरोन ९ डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। नाइमाको अवसरमा मिफा ७ मा १० लाख रुपैयाँ छुट उपलब्ध हुनेछ ।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेइकलमा इलेक्ट्रिक स्लाइडिङ डोर, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–किप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर रहेका छन् ।

यसका साथै यो गाडीले युरो एनक्याप, सी–एनक्याप, ए–एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ। यस गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी (डब्लुएलटीपी) तय गर्ने क्षमता राख्दछ। प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै एड्भान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई– परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो म्याक्सस मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।

सम्बन्धित समाचारहरू

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

काठमाडौं – चर्चित बैंकर अनिल केशरी शाहले बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक...

मर्सिडिज बेन्जले ल्याउने भयो सिंगल चार्जमा १ हजार किमी चल्ने इलेक्ट्रिक कार

मर्सिडिज बेन्जले ल्याउने भयो सिंगल चार्जमा १ हजार किमी चल्ने इलेक्ट्रिक कार

जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले लस भेगासमा जारी कन्जुमर...

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

१२० किमी रेन्ज र आधा घन्टामा ५० प्रतिशत चार्ज हुने, पहिलो इलेक्ट्रिक क्रुजर बाइक साइबोर्ग योडा

कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...