जिलीले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी सेन्टर
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जिली अटो ग्रुपले चीनको झेजियाङ...
काठमाडौं – हाल देशभरका शोरुम र काठमाडौंको नक्सालस्थित एलिस रिसेप्सनमा एमएडब्लु वृद्धि मेगा एक्सचेन्ज कार्निभल चलिरहेको छ । शुक्रबार देखि प्रारम्भ भएको सो कार्निभल आइतबार सम्म चल्ने छ ।
नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला दावी गरिएको एमएडब्लु वृद्धि मेगा एक्सचेन्ज कार्निभलमा एकै छानामुनि नेपालमा उपलब्ध टप ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेससँग ती ब्रान्ड र ईभीको ‘इनोभेसन तथा एक्जिस्टेन्स’ अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
सो कार्निभलमा चारै ब्रान्डका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गर्न सकिन्छ भने आकर्षक अफर र मनोरञ्जनात्मक गतिविधि समेत उपलब्ध भइरहेको छ । ईभी पारखी र अन्य सबैले सपरिवार ‘अल्टिमेट अटोमोटिभ एक्सपेरियन्स’ लिन सक्ने छन् ।
यस अनुसार एकै स्थानमा नेपालकै सबैभन्दा लोकप्रिय ईभी टेस्ट ड्राइभ गर्न सकिने छ । एक्सचेन्ज गर्दा निश्चित गाडीहरुमा १५ लाख रुपैयाँ सम्मको फाइदा लिन सकिने छ । पुराना गाडीहरुका लागि त्यहाँ उपलब्ध पाँच रिकन्डिसन हाउसहरुबाट ‘बेस्ट एक्सचेन्ज भ्याल्यु’ प्राप्त हुनेछ ।
कार्निभलको अवसरमा गाडी बुकिङ गर्ने प्रत्येक एक जोडीका लागि नगरकोटमा ‘कपल स्टे’ को व्यवस्था हुनेछ । कार्निभलको समयमा रोबोटिक शो, रेसिङ सिमुलेटर, किड्स जोन र इन्डोर गेम तथा फुड एन्ड रिफ्रेसमेन्ट लगायतका मनोरञ्जनात्मक गतिविधि समेत भइरहेका छन् ।
कुनै पनि ब्रान्ड वा मोडलको पुरानो गाडी भएका ग्राहकलाई नेपालमा उपलब्ध प्रतिष्ठित ब्रान्डका ईभी एक्सचेन्ज गर्नका लागि यो एउटा उपयुक्त अवसर हुन सक्ने कम्पनीको भनाइ छ ।
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जिली अटो ग्रुपले चीनको झेजियाङ...
काठमाडौं – नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले...
नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...