नेपाल आउने तयारीमा रहेको जीपको यो इलेक्ट्रिक एसयूभीले पायो ‘यूरोपियन कार अफ द इयर’ अवार्ड
जीपको पहिलो इलेक्ट्रिक एसयूभी एभेन्जरले युरोपमा प्रतिष्ठित अवार्ड हात...
काठमाडौं - नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फ्रेन्समा प्रतिष्ठित नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ ।
नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै चांगानले एमएडब्लु वृद्धिलाई यो सम्मान दिएकाे हाे ।
दिपलले केही समयअघि नेपालमा आफ्नो पहिलो वर्ष मनाएको थियो । यो एक वर्षमा दिपलले ८ सयभन्दा बढी कार बिक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिङ स्टेसनहरुको सञ्जाल बनाउन सफल भएको थियो । हाल नेपालमा एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् ।
चीनकै सबैभन्दा पुरानो कार निर्माता चांगानको यो सम्मानबाट एमएडब्लु वृद्धि गाैरवान्वित भएकाे बताएको छ । यसका साथै ग्राहकलाई विश्वस्तरीय उत्पादन र सेवा दिन अझ बढी प्रतिबद्ध बनेको छ । एमएडब्लु वृद्धिलाई चांगानले यसअघि दीर्घकालिन उर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै सांग्रिला न्यु इनर्जी डेभलपमेन्ट अवार्ड दिएको थियो ।
नेपाली बजारले विशेषतः डिजाइन र प्रविधिका कारण दिपलका ईभीहरुलाई रुचाएको कम्पनीको भनाइ छ। अटोमोबाइल डिजाइनको हब भनेर चिनिने इटालीको टुरिनमा डिजाइन भएको दिपल ईभीमा ‘जेस्चर कन्ट्राेल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरु छन् जसका कारण सार्वजनिक भएको एक वर्षमै यो सफल ब्रान्ड बनेको छ ।
जीपको पहिलो इलेक्ट्रिक एसयूभी एभेन्जरले युरोपमा प्रतिष्ठित अवार्ड हात...
भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक...
टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...