पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल, सेरेस र नामी खरिदमा अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र बेजोड ‘एक्सचेन्ज बोनस’

पोखरा – नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो ।

यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गर्न सक्ने छन् ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन्, जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्ने छन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने छन् । दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने छन् ।

यी अफर बाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने छन् ।

सम्बन्धित समाचारहरू

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’...

चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने

चांगन अटोले ५ नयाँ विद्युतीय गाडी ‘दिपल’ ब्रान्ड अन्तर्गत सार्वजनिक गर्ने

चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...

उड्दै नउडाई फिर्ता पठाइयो नाडा अटो शो २०२५ मा राखिएको फ्लाइङ ट्याक्सी

उड्दै नउडाई फिर्ता पठाइयो नाडा अटो शो २०२५ मा राखिएको फ्लाइङ ट्याक्सी

काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...