यस्ता छन् बजाज, टीभीएस र हिरोको नेपाल आउने तयारीमा रहेका इलेक्ट्रिक स्कुटर
इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा...
काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड शोरुम खुल्ने लहर बढ्दै गएको छ । यसै सन्दर्भमा ललितपुरको सातदोबाटोमा सबै ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ मल्टी ब्रान्ड शोरुम खुलेको छ ।
ईभी मार्ट नामक उक्त शोरुम अटोमोबाइल सम्बन्धी सञ्चार क्षेत्र र अन्य व्यवसायमा कार्यरत रोशनकुमार श्रेष्ठको नेतृत्वमा खुलेको हो । श्री अटो इन्कर्पोरेटद्वारा संचालित ईभी मार्टमा प्रिमियम मोडलका स्कुटर मात्र उपलब्ध हुने बताइएको छ । ‘बजारमा पाइने राम्रो सर्भिसिङ सुविधा भएका ब्रान्डहरु मात्र बिक्री गर्ने योजना छ,’ कम्पनीका डाइरेक्टर श्रेष्ठले भने ।
उनले भने, ‘अहिले बजारमा इन्डियन र चाइनिज गरी लगभग ७०–८० ब्रान्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो, छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेका हौं ।’
यहाँ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नेछन् ।
मंगलबार शोरुम खुलेकै दिन १ युनिट डेलिभरी गरिनुका साथै अन्य ५ युनिट बुकिङ भएको कम्पनीका जनरल म्यानेजर दिपक लम्सालले जानकारी दिए ।
ललितपुरमा ईभी स्कुटरका ग्राहक धेरै भएका र यहाँ ग्राहकको माग अनुसार जुनसुकै ब्रान्ड र मोडलका सवारीसाधन विक्री गर्ने कम्पनीका प्रबन्ध निर्देशक गोपाल तिमल्सिनाले बताए ।
शोरुम खुलेको अवसरमा एक हप्ताको लागि एस–वे प्रो मोडलमा १५ हजार रुपैयाँ बराबरको स्मार्टफोन उपहारको व्यवस्था समेत गरिएको डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा...
जीपको पहिलो इलेक्ट्रिक एसयूभी एभेन्जरले युरोपमा प्रतिष्ठित अवार्ड हात...
मोटर क्षमताका आधारमा कर निर्धारण हुने प्रावधानसँगै अधिकांश विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...