मल्टी ब्रान्ड शोरुम र सर्भिस सेन्टर : रोजाइका इलेक्ट्रिक स्कुटर किन्न र मर्मत गर्न पाइने

नेपालमा विगत लामो समय देखि विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरुको आयात तथा बिक्री–वितरण हुँदै आएको छ । करिब ४० भन्दा बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकलको कारोवार हुँदै आएको छ ।

यी मध्ये भक्तपुरको लोकन्थली–जडिबुटीस्थित जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमबाट विश्व प्रसिद्ध लेभनिङ र एमडीकेए अन्तर्गत डिओ सिक्स जस्ता उच्च गुणस्तरीय ब्रान्डहरु बिक्री हुँदै आएका छन ।

उक्त मल्टी ब्रान्ड शोरुमले यी बाहेक आइडिया, अरोमा, एसवे, एसवे मिनी, मियामा, स्लङ जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल सुपथ मूूल्यमा बिक्री-वितरण गर्दै आएको बताएको छ ।

आम ग्राहकको जिज्ञासा बिक्री पश्चातको सेवा अर्थात आफ्टर सेल्स सर्भिस रहेकोमा उक्त जम्वो इको भेइकलले मल्टी ब्रान्ड सर्भिस सेन्टर समेत सञ्चालन गरेको छ । जस अन्तर्गत जुनसुकै ब्रान्डका इलेक्ट्रिक स्कुटरको मर्मत तथा सर्भिसिङ गरिन्छ ।

छुट सहित सुलभ मूल्यमा १५० किलोमिटर सम्म गुड्ने नयाँ तथा पुराना (सेकेन्ड ह्याण्ड) ई–स्कुटरहरु उपलब्ध हुनुका साथै फाइनान्सको सुविधा, शून्य प्रतिशत ब्याजदरमा ८५ हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्मका स्कुटरहरु समेत उपल्ब्ध रहेको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...