ग्रान्ड भिटारा भन्दा ठूलो एसयूभी लन्च गर्दै मारुती सुजुकी, क्रेटा र एलिभेटसँग हुनेछ प्रतिस्पर्धा

मारुती सुजुकीले आगामी महिनामा आफ्नो एसयूभी लाइनअप विस्तार गर्ने तयारी गरिरहेको छ। कम्पनीले सेप्टेम्बर ३, २०२५ मा नयाँ मध्यम आकारको ५-सिटर एसयूभी लन्च गर्ने जनाएको छ । कम्पनीले यस सवारीलाई आफ्नो एरिना डिलरशिपमार्फत बजारमा ल्याउने तयारी गरिरहेको छ ।

सो एसयूभीमा ग्रान्ड भिटारा र ई-भिटाराको स्टाइलिङ झलक पनि देख्न सकिनेछ । यसको अगाडिको भागमा बाक्लो र बक्सी लुकसहित पुनः डिजाइन गरिएको ग्रिल र हेडल्याम्प हुनेछ, जसमा नयाँ फग ल्याम्प हाउजिङ र एयर इन्टेक पनि देखिनेछ । पछाडिको भागमा नयाँ टेल ल्याम्प, स्क्वायर आकारको ह्विल आर्च र नयाँ अलोय ह्विल हुनेछ । यसको नाम ईस्कुडो हुने विभिन्न मिडियाले उल्लेख गरेका छन् ।

भित्रको क्याबिनमा आधुनिक प्रविधि समावेश हुने अपेक्षा गरिएको छ। यसमा सेन्ट्रल माउन्ट टचस्क्रिन सिस्टम हुनेछ जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्नेछ। साथै, क्याबिनमा फरक इन्स्ट्रयुमेन्ट क्लस्टर, सनरुफ, क्लाइमेट कन्ट्रोल लगायतका अन्य सुविधाहरू पनि हुने अनुमान गरिएको छ।

सो नयाँ एसयूभीको पावरट्रेन ग्रान्ड भिटारा अनुरुप हुने अनुमान गरिएको छ । जसअन्तर्गत १.५ लिटरको माइल्ड-हाइब्रिड र स्ट्रङ-हाइब्रिड पेट्रोल इन्जिन विकल्प दिइनेछ। यसको प्रारम्भिक मूल्य ११ लाख भारुदेखि १६ लाख भारुसम्म हुने अपेक्षा गरिएको छ।

सो एसयूभीले हुन्डाई क्रेटा, महिन्द्रा स्कोर्पियो एन, किया सेल्टोस, टोयोटा हाइराइडर, होन्डा एलिभेट, स्कोडा र फक्सवागनजस्ता लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

विश्वभर १ करोड युनिट वागन आर बिक्री, नेपाली सडकमा दमदार उपस्थिति

विश्वभर १ करोड युनिट वागन आर बिक्री, नेपाली सडकमा दमदार उपस्थिति

मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...

नयाँ डिजायरले पायो सेफ्टी टेष्टमा ५ स्टार रेटिङ, तीन दिनपछि लन्च हुँदै

नयाँ डिजायरले पायो सेफ्टी टेष्टमा ५ स्टार रेटिङ, तीन दिनपछि लन्च हुँदै

मारुती सुजुकिको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ ।...

सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन

सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन

मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...