ई२० इन्धनका कारण गाडीमा क्षति, सुजुकीलाई ग्रान्ड भिटारा साट्न वा पुरै मुल्य फिर्ता गर्न अदालतको आदेश
काठमाडौँ–छिमेकी मुलुक भारतमा इथानोल मिसिएको पेट्रोल (ई२० फ्युल) का कारण...
मारुती सुजुकीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजाको नयाँ मोडल आज भारतीय बजारमा लन्च गर्दैछ।
कम्पनीले सो एसयूभीको मूल्य ८ लाख ५ हजारदेखि १४ लाख भारुसम्म रहने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, आधुनिक सुविधा र रिसेल भ्यालुका कारण नयाँ ब्रेजाले कम्प्याक्ट एसयूभी बजारमा आफ्नो लोकप्रियता अझ मजबुत बनाउने अनुमान गरिएको छ।
सो एसयूभीमा नयाँ एलईडी हेडलाइट, परिमार्जित फ्रन्ट र रियर बम्पर, नयाँ डिजाइनको टेललाइट, ड्युअल टोन अलोय ह्विल र नयाँ ड्युअल टोन कलर विकल्प उपलब्ध गराएको छ । यसको इन्टेरियरमा पनि केही सुधार गरिएको छ। यसमा नयाँ ड्यासबोर्ड डिजाइन, सफ्ट-टच सामग्री, अपहोल्स्ट्री सिट, एम्बियन्ट लाइटिङ, रियर एसी भेन्ट र कनेक्टिभिटी सुविधा दिइएको छ ।
कम्पनीले नयाँ ब्रेजामा १०.१ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, सिंगल पेन सनरुफ, हेड अप डिस्प्ले र ३६० डिग्री क्यामेरा जस्ता फिचर दिइएको छ । साथै यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ ।
सेफ्टीका लागि यसमा सबै भेरिएन्टमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिट कन्ट्रोल सिस्टम, हिल होल्ड असिस्ट, रियर पार्किङ सेन्सर र आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता सेफ्टी फिचर समावेश गरिएको छ । यसको टप भेरिएन्टमा लेभल २ एडास समेत उपलब्ध हुने अपेक्षा गरिएको छ।
नयाँ ब्रेजामा १.५ लिटर क्षमताको के१५सी पेट्रोल इन्जिन हुने सम्भावना छ, जसले १०३ पीएस पावर र १३९ एनएम टर्क उत्पादन गर्नेछ। यसको इन्जिन ५ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुनेछ। साथै १.० लिटर टर्बो पेट्रोल इन्जिन पनि थपिने सम्भावना रहेको छ, जसले ९९ बीएचपी पावर र १४८ एनएम टर्क उत्पादन गर्नेछ। कम्पनीले नयाँ ब्रेजाको सिएनजी भेरिएन्ट पनि उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
नयाँ ब्रेजाले टाटा नेक्सन, किया सोनेट र महिन्द्रा एक्सयूभी ३एक्सओ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...