२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी
सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...
मारुतीको बहुप्रतीक्षित कार मारुती सुजुकी एक्सएल६ अपडेट भर्सन भारतीय बजारमा लन्च गरिएको छ । अत्याधुनिक सुविधाहरूले सुसज्जित सो कार ११ लाख २९ हजार भारुमा लन्च गरिएको हो ।
रङ
२०२२ मारुती सुजुकी एक्सएल६ भारतीय बजारमा सेलेस्टियल ब्लू, ब्रेभ खाकी, आर्कटिक ह्वाइट, ग्रान्डर ग्रे, ओप्युलेन्ट रेड र स्प्लेन्डिड सिल्भर सहित ६ रङमा उपलब्ध छ ।
सेफ्टी फिचर
२०२२ एक्सएल६ मा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडीको साथमा एबीएस, सेन्सरसहितको रियर पार्किङ क्यामेरा, आईएसओफिक्स चाइल्ड सिट एन्कोरेज, हाई–स्पिड अलर्ट सिस्टम, ड्राइभर र को–ड्राइभर सिट बेल्ट रिमाइन्डर जस्ता सेफ्टी फिचर समावेश गरिएको छ ।
इन्जिन
नयाँ मारुती एक्सएल६ नयाँ एटकिंसउन के१५सी ड्युअल जेट पेट्रोल इन्जिनद्वारा सञ्चालित हुनेछ । सो इन्जिनले अधिकतम १०३ बीएचपी पावर र १३६.८ एनएम टर्क जेनेरेट गर्न सक्षम छ । मारुती सुजुकीले एक्सएल६ मा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनसहित प्याडल शिफ्टर प्रदान गर्छ ।
प्रतिस्पर्धा
मारुती सुजुकीको नयाँ एमपीभी एक्सएल६ ले भारतीय बजारमा महिन्द्रा मराजो, किया क्यारेन्स र सुजुकी अर्टिगा जस्ता कारहरूलाई कडा प्रतिस्पर्धा दिनेछ ।
मारुतीको ६ नयाँ कार
मारुती सुजुकीले २०२२ को मध्यसम्ममा ६ नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ । यसमा बलेनो सीएनजी, अपडेटेड भिटारा ब्रेजा र डुअलजेटले सुसज्जित इग्निस र एस–प्रेसो समावेश छन् । त्यसपछि मारुतीले टोयोटासँगको सहकार्यमा विकास भइरहेको सबै नयाँ क्रेटा–प्रतिद्वन्द्वी मिडसाइज एसयूभी लन्च गर्नेछ ।
सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...
सुजुकी मोटरसाइकल इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्ना ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...