२०७८ जेठ ४ मंगलबार,

सडकबाट २० फिट तल खस्दा पनि भिटारा ब्रेजाका यात्रु सुरक्षित, तस्बिर भयो भाइरल

भारतीय सञ्चार माध्यमहरुमा हाल एउटा कारको तस्बिर निकै नै भाइरल बनेको छ । मारुती सुजुकी भिटारा ब्रेजाको सो दुर्घटनाग्रस्त तस्बिरले सो कार सुरक्षित भएको प्रमाण समेत प्रस्तुत गरेको बताइएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजाको सो कारमा चार यात्री सवार थिए । यो दुर्घटना सम्भवतः डिसेम्बर २०१९ मा भएको थियो ।

यसको सटिक विवरण वा दुर्घटनाको परिस्थितिको वारेमा केही बताइएको छैन । यद्यपि सो कार दुर्घटना भएर सडक देखि कमसेकम २० फिट तल खसेको बताइएको छ ।

नियन्त्रण गुमाए पश्चात कार दुई पटक पल्टिएको भए पनि यसमा भएका यात्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ । सो दुर्घटना महाराष्ट्रको सतारामा भएको थियो । सो तस्बिरलाई सुभम कदमले सेयर गरेका छन् । सो तस्बिरमा कारको अवस्था पनि स्पष्ट रुपमा देख्न सकिन्छ ।

कारको फ्रन्ट भागमा खासगरी बायाँतिर बढी क्षति भएको छ । त्यसैगरी बोनटको दुवैतिर केही खराब भएको छ । अघिल्लो भागको विन्डस्क्रिन पनि टुटेको छ । छतमा पनि नोक्सान पुगेको छ । ओआरभीएम र रियर विन्डस्क्रिन पनि टुटेको छ । अनि रियर क्वाटर ग्लास र टेललाइट पनि टुटेको छ भने क्याबिन भने धेरै हद सम्म राम्रो छ । यसका कारण पनि भित्र रहेका यात्री सुरक्षित भएका हुन सक्छन् ।

मारुती सुजुकी भिटारा ब्रेजाको यो बीएस४ मोडल हो । यसमा १.३ लिटरको टर्बो डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले ९० पीएसको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसमा ५–स्पिड म्यानुअल र एएमटी थियो ।

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...