९ हजार ९२५ युनिट वागन आर, इग्निस र सेलिरियो फिर्ता लिँदै मारुती सुजुकी, यस्तो छ कारण

मारुती सुजुकीले यसै वर्षको अगस्ट ३ देखी सेप्टेम्वर १ सम्म उत्पादन भएका वागन आर, इग्निस र सेलेरियोको कुल ९ हजार ९२५ युनिट कार बजारबाट फिर्ता लिने निर्णय लिएको छ । पछाडीको व्रेक एसेम्वली पिनमा समस्या आउन सक्ने भन्दै उसले यी कार फिर्ता लिन लागेको हो ।

व्रेक एसेम्व्ली पिनमा समस्या आउँदा यसले तत्कालै कुनै जोखिम नमिम्ताए पनि कालन्तरमा वे्रकिङ सिस्टममा समस्या आई दुर्घटना हुनसक्ने बताउँदै यी कार फिर्ता लिन लागिएको कम्पनीले जनाएको छ । यसरी फिर्ता वोालाइने कारको सम्पूर्ण पार्टपूर्जाको सुक्ष्म निरिक्षण गरी समस्या देखिएको खण्डमा त्यस्ता पार्ट्सको सट्टामा नयाँ पार्ट्स जडान गरिने कम्पनीको भनाई छ । यसरी पार्ट्स रिप्लेस गर्दा ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ ।

यो समय अवधीमा उत्पादन भएका यी मोडलका कार नेपाल नआइसकेका कारण नेपाली उपभोक्ताले भने यो विषयमा कुनै चिन्ता लिनुपर्ने देखिँदैन ।

सम्बन्धित समाचारहरू

सुजुकी ब्रेजा : केही समयमै ४६ हजार युनिट बुकिङ र ४ महिना वेटिङ, नाडा अटो शोमा नेपाल आउने सम्भावना

सुजुकी ब्रेजा : केही समयमै ४६ हजार युनिट बुकिङ र ४ महिना वेटिङ, नाडा अटो शोमा नेपाल आउने सम्भावना

नयाँ मारुती सुजुकी ब्रेजा केही दिन पहिले भारतमा लन्च भइसकेको छ । लन्चिङ...

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले...

सुजुकी एभेनिस नेपाल भित्रिदै, नेपाली प्रिमियम स्कुटर बजारमा रोल मोडल बन्ने अपेक्षा

सुजुकी एभेनिस नेपाल भित्रिदै, नेपाली प्रिमियम स्कुटर बजारमा रोल मोडल बन्ने अपेक्षा

काठमाडौं – नेपाली बजारमा सुजुकी एभेनिस स्कुटर भित्रिने भएको छ । नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...