जनवरीदेखी मूल्य वढाउँदै मारुती सुजुकी, उत्पादन लागतको बृद्धि प्रमुख कारण

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक मारुती सुजुकीले जनवरीमा मूल्य बढाउने तयारी गरेको छ । कम्पनीका अनुसार विश्वव्यापी महंगीका कारण उत्पादन लागत वढेकाले मूल्य बृद्धि गर्न लागिएको हो । सरकारले ल्याएको नयाँ नितीका कारण पनि मूल्य बृद्धि गर्नुपरेको उसको भनाई छ ।

नेक्सा र एरेना मोडलका सवै भेरियन्टमा मूल्य बृद्धि हुने भएपनि कति रकमले बृद्धि हुने भन्ने विषयमा कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन । मारुती सुजुकीले यो वर्ष पटकपटक गरी औषतमा ८.८ प्रतिशतसम्मले मूल्य बृद्धि गरिसकेको छ ।

भारतमा यसअघि टाटा मोटर्सले आफ्ना अधिकांश मोडलमा मूल्य बृद्धि गरिसकेको छ भने अन्य ब्राण्डहरु हुन्डाई, महिन्द्रा, टोयोटा, निशान, रेनो, फक्वागन र स्कोडा लगायतले पनि बढाउने तयारी गरिरहेका छन् ।

भारतमा मूल्य बृद्धि भएपछि यसको सिधा असर नेपाली बजारमा समेत पर्नेछ । भारतमा जस्तै नेपालमा पनि सुजुकी सवैभन्दा बढी संख्यामा बिक्री हुने प्यासेन्जर कार व्राण्ड हो । आयत प्रतिवन्धका कारण विगत ९ महिना यता सुजुकीका कार नेपाल आउन सकिरहेका छैनन् ।

उसले यो वर्ष भारतमा नयाँ व्रेजा, नयाँ अल्टो, ग्राण्ड भिटरा, वलेनो फेसलिफ्ट सहित आधादर्जन बढी मोडललाई नयाँ अवतारमा उतारेको छ । आयत खुल्ला भएपछि यी नयाँ गाडी विस्तारै नेपाल आउनेछन् ।

सम्बन्धित समाचारहरू

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

परीक्षण क्रममा देखियो मारुतीको पहिलो इलेक्ट्रिक एसयूभी भिटारा, फेस्टिभ सिजनमा लन्च हुने अनुमान

परीक्षण क्रममा देखियो मारुतीको पहिलो इलेक्ट्रिक एसयूभी भिटारा, फेस्टिभ सिजनमा लन्च हुने अनुमान

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई भिटारा परीक्षणको क्रममा...

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...