मारुती सुजुकी बन्यो विश्वको नवौं मूल्यवान कार निर्माता, पछि परे फोर्ड र फक्सवागन

भारतको अग्रणी अटोमेकर मारुति सुजुकी, बजार मूल्याङ्कनमा भएको ठूलो वृद्धिका कारण अब विश्वको नवौं सबैभन्दा मूल्यवान कार निर्माता बनेको छ । भारत सरकारले हालै लागु गरेको जिएसटी २.० कार्यक्रमपछि कम्पनीको ब्रान्ड भ्यालू निकै बढेको हो ।

मारुती सुजुकी भारतको इतिहासमै पहिलो पटक बजार मूल्याङ्कनको आधारमा विश्वको शीर्ष दसमा प्रवेश गरेको छ । जापानको सुजुकी मोटर कर्पोरेशनको भारतीय सहायक कम्पनी मारुति सुजुकी अब अन्तर्राष्ट्रिय अटोमोटिभ दिग्गजहरूसँग काँधमा काँध मिलाएर उभिएको छ ।

सेप्टेम्बर २०२५ सम्म, मारुति सुजुकीको बजार पूँजीकरण ५६.७ अर्व डलर पुगेको छ । जसले फक्सवागन (५४.३ अर्व डलर) र फोर्ड (४७.७ अर्व डलर) लाई उछिनेको छ ।

मारुती सुजुकीको मूल्यांकन यसको मूल कम्पनी, सुजुकी मोटर कर्पोरेशनको मूल्याङ्कनभन्दा पनि बढी पुगेको हो, जसको मारुति सुजुकीमा ५८.१९ प्रतिशत हिस्सेदारी छ । सुजुकी मोटर कर्पोरेशनको मूल्याङ्कन भने जम्मा २८.७ अर्ब डलरमात्रै छ, जुन विश्वव्यापी रूपमा १७ औं स्थानमा पर्छ

कम्पनीको वृद्धि बजार मूल्यमा मात्र नभई यसको स्टक प्रदर्शनमा पनि प्रतिबिम्बित भएको छ । २६ सेप्टेम्बर २०२५ मा, मारुति सुजुकीको शेयर मूल्य १० हजार ७२५ रुपैयाँबाट बढेर १६ हजार ४३५ रुपैयाँ पुगेको थियो ।

मारुतीले ठूलो बजार हिस्सा कब्जा गर्न आफ्नो एसयुभी लाइनअपलाई थप विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले हालैै लन्च गरेको भिक्टोरिस एसयुभी पेट्रोल, सिएनजी, हाइब्रिड र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध भएबाट पनि मारुती सुजुकी अव एसयुभीको लाइनअप विस्तारमा निकै आक्रमक बनेको पुष्टि गर्दछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...