सुजुकीले सार्वजनिक ग-यो पहिलो प्रोडक्सन भर्सन ईभी ई–भिटारा, नेपालमा प्रतीक्षा

सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो इलेक्ट्रिक कार विश्व बजारका लागि सार्वजनिक गरेको छ । यो सुजुकीले पहिले देखि नै ईभीएक्स कन्सेप्ट नाम दिएको इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन हो । पहिलो पटक भारतको अटो एक्सपो २०२३ मा सार्वजनिक गरिएको सो कन्सेप्टको नाम अब ई–भिटारा राखिएको छ ।

सो कार भारतमा आगामी जनवरीमा सम्पन्न हुने भारत मोबिलिटी शो २०२५ मा प्रदर्शन गरिने छ । यसको उत्पादन २०२५ को फेब्रुअरी देखि सुजुकी मोटर गुजरातको प्लान्टमा शुरु हुनेछ । त्यसपछि मार्च महिना देखि युरोप, जापान र भारत लगायतका देशमा बिक्रीका लागि उपलब्ध हुनेछ । नेपालमा पनि त्यसपछि आउन सक्ने सम्भावना हुन्छ ।

ई–भिटाराको लम्बाई, चौडाई र उचाई क्रमशः ४२७५, १८०० र १६३५ एमएम छ । यसको ह्विलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । ५ जना व्यक्ति बस्न मिल्ने सो गाडीमा ४९ र ६१ किलोवाट आवरको ब्याट्री अप्सन हुनेछ ।

परमानेन्ट सिंक्रोनस इलेक्ट्रिक मोटर रहेको सो गाडी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टु ह्विल ड्राइभमा ४९ किलोवाट आवरको ब्याट्रीले १४२ एचपी र ६१ किलोवाट आवरको ब्याट्रीले १७२ एचपी तथा फोर ह्विल ड्राइभमा ६१ किलोवाट आवरको ब्याट्रीले १८१ एचपी पावर दिन्छ । टु ह्विल र फोर ह्विलमा यसको टर्क क्रमशः १८९ एनएम र ३०० एनएम हुनेछ ।

यसमा भएको ब्याट्री चीनको प्रसिद्ध ईभी निर्माता कम्पनी बीवाईडीले विकास गरेको लिथियम आइरन फस्फेट अर्थात एलएफपी ब्लेड ब्याट्री हो । सुजुकीले पुरै ब्याट्री प्याक नै बीवाईडीबाट आयात गरेको बताइएको छ ।

सुजुकीले सो ईभीले दिने रेन्जको वारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर पहिले नै कम्पनीले ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ग्लोबल टेस्टमा करिव ५०० किलोमिटर रेन्ज दिने बताएको थियो । यसका आधारमा यस्तै रेन्ज हुने अपेक्षा गरिएको छ ।

सुजुकी ई–भिटाराको फोकस एड्भान्स्ड टेक्नोलोजी र पावर दिने कार्यमा हुने कम्पनीको भनाइ छ । यसमा अलग्रिप–ई नामक इलेक्ट्रिक फोर ह्विल ड्राइभ सिस्टम हुनेछ, जसले अफरोड क्षमता प्रदान गर्नेछ । यसले सुजुकीको ईभीलाई अन्य मास मार्केट ईभी सेगमेन्टका प्रतिस्पर्धी मोडलसँग फरक देखाउन सहयोग गर्नेछ ।

सुजुकी ई–भिटारा यसको कन्सेप्ट मोडलसँग धेरै मिल्दोजुल्दो छ । यसको लुक, डिजाइन र साइज समेत ईभीएक्स कन्सेप्ट जस्तै छ । यद्यपि केही सार्प एंगल्स भने कम गरिएको छ । यसको फ्रन्ट र रियरमा ट्राई–स्ल्यास एलईडी डे टाइम रनिङ लाइट, अघिल्लो किनारामा चार्जिङ पोर्ट र पछिल्लो ह्विल आर्चमा कर्भ दिइएको छ । यसमा रियर डोर ह्यान्डललाई सी–पिलर सम्म लगिएको छ, जुन पुरानो स्विफ्ट जस्तै छ ।

ई–भिटाराको क्याबिनमा ड्युअल स्क्रिनका साथ नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ । यसमा टचस्क्रिन सुविधा मात्र नभई यसमा हुने डिजिटल डायल धेरै इन्फोर्मेटिभ हुने बताइएको छ । पछिल्लो भागमा स्प्लिट फोल्डिङ सिट, एड्जस्टेबल हेडरेस्ट र सबै यात्रीका लागि थ्री–पोइन्ट सिटबेल्ट र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायतका सुविधा उपलब्ध हुनेछ ।

सो गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’ सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडास जस्ता सेफ्टी फिचर रहेका छन् ।

बजारमा उपलब्ध भए पश्चात सुजुकी ई–भिटाराले टाटा कर्भ ईभी, महिन्द्रा बीई ०५ र हुन्डाई क्रेटा ईभी लगायतका ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सुजुकीको ईभी नभएका कारण नेपाली बजारमा समेत यो ईभीको निकै नै प्रतीक्षा हुनेछ । नेपाली बजारमा उपलब्ध भए पश्चात यो नेपाली ईभी बजारको लागि अर्को बलियो प्रतिस्पर्धी हुनेछ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको...

विद्युतीय सवारीको प्रवद्र्धन गर्न नुवाकोटको बट्टारमा दुई वटा चार्जिङ स्टेशन निर्माण

विद्युतीय सवारीको प्रवद्र्धन गर्न नुवाकोटको बट्टारमा दुई वटा चार्जिङ स्टेशन निर्माण

काठमाडौँ । पछिल्लो सयम आम नागरिकमा विद्युतीय सवारी साधनको मोह बढ्दै गएको छ...

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

काठमाडौँ – ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...